close

महशुल दर स्वीकृत गराएर मात्रै इन्टरनेट सेवा उपलब्ध गराउन आईएसपीहरूलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

टेकपाना टेकपाना

कात्तिक २, २०८२ १०:०

महशुल दर स्वीकृत गराएर मात्रै इन्टरनेट सेवा उपलब्ध गराउन आईएसपीहरूलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई ट्यारिफ (सेवा शुल्क तथा दर) स्वीकृत गराएर मात्रै सेवा विक्री गर्न निर्देशन दिएको छ ।  केही इन्टरनेट सेवा प्रदायकहरूले महसुल दर स्वीकृत नै नगराई इन्टरनेट सेवा बिक्री गरिरहेको आशङ्का गर्दै प्राधिकरणले ग्राहकहरूसँग लिने सेवाको शुल्क स्वीकृत गराएर मात्रै सेवा प्रदान गर्न सचेत गराएको हो ।

इन्टरनेट (ईमेलसहित) अनुमतिपत्र सेवा प्रदायकहरूले सेवा प्रदान गरे बापत ग्राहकहरूसँग लिने सेवाको शुल्क तथा महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको सर्त बमोजिम प्राधिकरणबाट स्वीकृत हुनुपर्ने कानुनी प्रावधान छ । 

यस्तो सेवाको शुल्क तथा महसुल दर प्राधिकरणबाट स्वीकृत भएको मिति उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरेपछि मात्र लागु गर्नुपर्ने व्यवस्था छ । 

“सबै इन्टरनेट (ईमेलसहित) अनुमतिपत्र सेवा प्रदायकहरूले दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम शुल्क तथा महसुलदर स्वीकृत गराएर मात्र लागु गराउनु हुन तथा आम उपभोक्ताले समेत स्वीकृत भएको महसुल दर अनुसारको शुल्क तथा महसुलदर मात्र भुक्तानी गर्नु हुन सबैलाई जानकारी गराइन्छ,” प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २, २०८२ १०:०