मतदाता नामावलीमा नाम दर्ता गर्न प्रधानमन्त्रीको आह्वान, अनलाइनबाटैै लिन सकिन्छ सेवा
कात्तिक २, २०८२ १५:२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मताधिकार सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन् । सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै प्रधानमन्त्री कार्कीले २१ फागुनका लागि प्रतिनिधि सभा निर्वाचन तोकिएको स्मरण गराउँदै मताधिकारका लागि पहिले मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेकी हुन् ।
निर्वाचन आयोगको वेबसाइटमार्फत प्रि-इनरोलमेन्ट गर्न सकिने भन्दै नामावलीमा रहेको त्रुटि सच्याउने तथा मतदान केन्द्र सार्ने काम अनलाइन प्रणालीमार्फत नै गर्न सकिन्छ । साथै, नागरिक एपबाट पनि यो सुविधा उपयोग गर्न सकिन्छ ।
प्रधानमन्त्री कार्कीले आफ्नो नाम मतदाता नामावलीमा भए नभएको यकिन गर्न आयोगको वेबसाइटबाटै हेर्न सकिने भन्दै सक्रिय नागरिक बन्दै आफ्नो मताधिकार सुरक्षित गर्न आग्रह गरेकी छन् । मतदाता नामावलीमा आगामी ३० कात्तिकसम्म नाम दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २, २०८२ १५:२
