close

तिहार फोटोग्राफी टिप्स: यसरी कैद गर्नुहोस् स्मार्टफोनबाट आकर्षक फोटो-भिडिओ

टेकपाना टेकपाना

कात्तिक ५, २०८२ १०:१४

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । देशभर तिहारको माहोल छ । साँझको समयमा झिलिमिली बत्ति र दियोको उज्यालोले गाउँदेखि सहरको दृश्य मनमोहक छ । यस्तो बेला तपाईँले आफ्नो स्मार्टफोनबाट राम्रा तस्बिर कैद गरेर वर्तमान अवस्थालाई यादगार बनाउन सक्नुहुन्छ । तिहारको अवसरमा यस्ता छन् स्मार्टफोनबाट राम्रा फोटो खिच्ने टिप्स:

१. क्यामेरा लेन्स सफा गर्नुहोस् 

माइक्रोफाइबर कपडाले फोटो खिच्नुअघि सधैं लेन्स पुछ्नुहोस् । धुलो, दाग र औँलाको डामले लेन्सलाई फोहोर बनाइदिन सक्छ । जसका कारण फोटोको गुणस्तर खस्किन सक्छ । 

२. फोटो खिच्दा लाइटिङमा ध्यान पुर्‍याउनुहोस् 

फोटोग्राफीमा उपयुक्त लाइटिङ एकदमै महत्त्वपूर्ण मानिन्छ । सकेसम्म न्याचुरल लाइटबाट फोटो खिच्नु उपयुक्त हुन्छ । मध्यान्न तिरको मध्य घामको समयमा फोटो खिच्नु राम्रो हुँदैन । यो समयमा फोटो खिच्दा छायाँ आउने भएकाले राम्रो फोटो खिच्न गाह्रो पर्छ । सबैभन्दा राम्रो समय भनेको गोल्डेन आवर हो । अर्थात् बिहान सूर्योदय वा साँझ सुर्यास्ततिर । जुन समयमा फोटोलाई चाहिने राम्रो लाइटिङ आउँछ ।

इन्डोर फोटोशुटका लागि भने तिहारको समयमा बालिने दियो, अन्य झिलिमिली बत्ति वा अन्य उज्यालो फाल्ने डिभाइस फोटोग्राफीका लागि उपयुक्त हुन सक्छ ।

३. कम्पोजिसनमा ध्यान दिनुहोस्

फोटो खिच्नु अगाडि नै फ्रेमबारे आफू स्पष्ट हुनुहोस् । 'रुल अफ थर्ड'लाई ध्यानमा राख्नुहोस् । यो भनेको फोटोग्राफी कम्पोजिसन हो । कुनै पनि इमेजलाई नौ ओटा भागमा समान रूपमा वर्गीकृत गर्ने, जसलाई दुई ओटा ठाडो र दुई ओटै तेस्रो लाइनले छुट्याउँछ । फोटोको ब्याकग्राउन्डका लागि सिङ्गारिएका भित्ता वा आँगनमा बनाइएका आकर्षक रङ्गोली प्रयोग गर्न सकिन्छ ।

४. फोकस र एक्पोजर

फोटो खिच्नुअघि फोकस र एक्पोजर अवस्थाअनुकूल बनाउनुहोस् । धेरै स्मार्टफोनहरुमा अहिले एआई-असिस्टेड अटो एक्सपोजर र फोकल ट्र्याकिङ फिचर उपलब्ध छ । जसको प्रयोगमार्फत फोटोलाई आकर्षक ढंगले खिच्न सकिन्छ । म्यानुअल वा प्रो मोडमा फोटो खिच्दा पनि प्रतिकूल अवस्थामा राम्रा फोटो कैद गर्न सकिन्छ । 

५. फोटोग्राफीका नयाँ/नयाँ मोडहरुमा अभ्यास गर्नुहोस्

पछिल्लो समय लन्च भएका आधुनिक स्मार्टफोनमा नाइट मोड्स, सिनेम्याटिक भिडिओ मोड्स र एआई सिन अप्टिमाइजेसनलगायतका विकल्प प्रयोग गर्दै फोटो वा भिडिओ खिच्न सकिन्छ । पोर्ट्रेट, म्याक्रो र स्लो-मोसन मोडले पनि फरक शैली र नौलो तस्बिर तथा भिडिओ कैद गर्न सघाउँछ । 

६. फरक एङ्गल रोज्नुहोस् 

तपाईंले फोटो खिच्न खोज्नु भएको 'अब्जेक्ट' वरपर ढुल्नुहोस् । त्यसलाई माथिबाट, लो एङ्गलबाट वा डाइगोनल्लीसमेत कैद गर्न सक्नुहुन्छ । त्यसलाई क्लोज-अप, वाइड एङ्गलमा पनि खिच्न सक्नुहुन्छ । दियोको किरण र रङ्गोलीको डिटेललाई पछ्याउँदै डाइनामिक सट स्मार्टफोनबाट खिच्न सकिन्छ । यदि तपाईंसँग ड्रोन छ भने सिङ्गारिएको आफ्नो वा छिमेक तिरको माहोलसमेत कैद गर्न सक्नुहुन्छ । यसले फरक-फरक एङ्गलको अभ्यासलाई कैद गर्न सहयोग पुर्‍याउँछ ।

७. क्यान्डिड कैद गर्नुहोस्

मान्छे हाँसेको, मिठाई बाँडेको, झिरझिरे, गमला वा चक्र बालेको अवस्थालाई क्यान्डिड सटसहित कैद गर्न सकिन्छ । यसले फोटोलाई न्याचुरल देखाउन सघाउँछ ।

८. फोटो एडिटमा ध्यान पुर्‍याउनुहोस् 

फोटो खिचेपछि त्यसलाई एडिट गर्न विभिन्न मोबाइल एप प्रयोग गर्न सकिन्छ । कलर करेक्सन, ब्राइटनेस वा फोटोलाई सार्प गर्न सकिन्छ । एआई-पावर्ड फोटो एडिटिङले स्वचालित रूपमा फोटो सुधार गर्छ । 

९. फोटो खिच्दा एआई टुल्सको प्रयोगले बढाउँछ क्रिएटिभिटी

एआईमा आधारिक तिहारका इफेक्ट पनि प्रयोग गर्न सकिन्छ । जसले फोटोलाई सोसल मिडियामा पोस्ट गर्दा अथेन्टिक कायम गर्न सहयोग पुग्छ । 

१०. ब्याकअप र शेयर

फोटो खिचेपछि त्यसको ब्याकअप तुरुन्तै राख्न नभुल्नुहोस् । साथीभाइ र परिवारहरुलाई त्यो फोटो उच्च क्वालिटीमा शेयर गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०८२ १३:३०