close

पावर बटन नथिची आईफोन रिस्टार्ट गर्ने ५ तरिका

टेकपाना टेकपाना

कात्तिक ५, २०८२ ११:६

पावर बटन नथिची आईफोन रिस्टार्ट गर्ने ५ तरिका

काठमाडौँ । आईफोन शटडाउन वा रिस्टार्ट गर्न खोज्दा धेरै पटक झुक्किनु भएको होला । ला ! कसरी पो गर्ने हो ? भनेर पटकपटक अलमलमा पर्नु पनि हुन्छ होला । एप्पलले आईफोन एक्स वा त्योभन्दा पछिल्ला मोडेलहरूमा पावर बटन र भोल्युम बटन एकैपटक केही समयसम्म थिचे स्क्रिनमा एउटा पपअप इन्टरफेस आउँछ । 

त्यसपछि मात्रै आईफोन शटडाउन वा पावर अफ गर्न मिल्छ । आईफोन रिस्टार्ट गर्न भने फोन पूर्णरुपमा बन्द हुँदासम्म केही सेकेन्ड पर्खिनुस् । त्यसपछि स्क्रिनमा एप्पलको आइकन पप-अप नदेखिएसम्म पावर बटन पुन: थिचिरहनुहोस् । 

तर, आईफोन शटडाउन वा रिस्टार्ट गर्न अन्य उपाय पनि छन् । जसलाई यहाँ हामी चर्चा गर्दैछौं । दुई ओटा बटन थिचेर (टु-बटन प्रेस मेथर्ड) प्रयोग गर्ने बाहेक अरू तरिकाबाट पनि आईफोन बन्द वा रिस्टार्ट गर्न सकिन्छ । 

१) कन्ट्रोल सेन्टर प्रयोग गर्नुस्

आईओएस १८ वा त्योभन्दा बढी अपडेट प्राप्त गरेका आईफोनमा कन्ट्रोल सेन्टरमार्फत शटडाउन वा रिस्टार्ट प्रक्रिया अघि बढाउन सकिन्छ । सजिलैसँग आईफोनको माथिल्लो भागको दायाँ क्षेत्रबाट तलतिर स्वाइप गर्नुस् र त्यहाँ कन्ट्रोल सेन्टर देखिन्छ । त्यसपछि माथिल्लो दायाँ भागमा सानो सर्कुलर पावर आइकन देखिन्छ । त्यो आइकन थिचेपछि फोन बन्द गर्न स्वाइप गर्नुस् भन्ने स्क्रिनमा देखिन्छ । फोन रिस्टार्ट गर्न चाहनुहुन्छ भने शटडाउन गरेपछि नै पावर बटन थिच्न सकिन्छ । 

२) सिरीसँग बोल्ने

आईफोनमा सबैभन्दा सजिलोसँग शटडाउन वा रिस्टार्ट गर्ने विधि सिरीलाई आग्रह गरेर गर्नु नै हो । सिरीलाई अंग्रजी भाषामा 'Siri, power off my phone' वा 'Siri, restart my phone' भनेर प्रक्रिया चाल्न सकिन्छ । त्यसपछि सिरीले कन्फर्मेसन माग केही भन्न सक्छ । त्यसपछि 'Yes' भनेर आईफोन रिस्टार्ट वा शटडाउन गर्न सकिन्छ । 

यदि रिस्टार्ट भयो भने तपाईंलाई पुन: लकस्क्रिनमा ल्याइदिन्छ । त्यसपछि पिन हालेर फोन साइन इन गर्नुपर्छ । 

३. सेटिङ्समार्फत जानुहोस् 

अर्को विकल्प भनेको सेटिङ्स स्क्रिनमार्फत हो । सेटिङ्समा जानुहोस्, जेनेरल छनोट गर्नुहोस् र त्यसपछि स्क्रिनको तल्लो भागमा रहेको शटडाउनमा ट्याप गर्नुहोस् । स्लाइडरलाई स्वाइप गरेपछि फोन अफ हुन्छ । 

४. असिस्टिभ टचको प्रयोग

यदि तपाईंले असिस्टिभ टच फिचर प्रयोग गर्नुहुन्छ भने आईफोन रिस्टार्ट गर्न थप विकल्प पाउनु हुन्छ । 

असिस्टिभ टच इनेबल गर्न पहिला सेटिङ्समा जानुहोस्, एक्सेसिबिलिट छनोट गर्नुहोस् । टचमा ट्याप गर्नुहोस् र असिस्टिभ टच सेलेक्ट गरेर स्वीचलाई टर्न अन गर्नुहोस् । जब तपाईंलाई फोन रिस्टार्ट गर्नुपर्ने हुन्छ, त्यसपछि फ्लोटिङ असिस्टिभ टच बटनमा ट्याप गर्नुहोस्, डिभाइस छनोट गरेर मोरमा ट्याप गर्नुहोस् अनि रिस्टार्ट थिच्नुहोस् । रिस्टार्ट अगेनमा थिचेर उक्त प्रक्रियालाई टुङ्ग्याउनुहोस् । 

५. सिरी सर्टकटको प्रयोग

अन्त्यमा, आईफोन बन्द गर्न सिरी सर्टकट सेटअप गर्न सक्नुहुन्छ । सर्टकर्ट्स एप खोल्नुहोस् र नयाँ सर्टकट बनाउन प्लस (+) चिन्हमा ट्याप गर्नुहोस् । सर्च एक्सन्स् फिल्डमा “shut down” लेख्न सुरु गर्नुहोस् र परिणामहरूबाट त्यसलाई चयन गर्नुहोस् । त्यसपछि त्यहाँ यसरी देखिनुपर्छ: “Shut Down this device” । सर्टकट पूरा गर्न माथिको बायाँतिरको एरो (arrow) मा ट्याप गर्नुहोस् ।

त्यसपछि All Shortcuts स्क्रिनमा “Shut Down” नामको ठुलो आइकन देखिन्छ । त्यसमा लामो प्रेस (press) गर्नुहोस् र मेनुबाट Share विकल्प चयन गर्नुहोस् । Share विन्डोमा, Add to Home Screen भन्ने आइकनमा ट्याप गर्नुहोस् ।

अर्को स्क्रिनमा गएर आइकनको लागि रङ्ग र चिन्ह चयन गर्नुहोस् र Add मा ट्याप गर्नुहोस् ।

 

यसपछि Shut Down सर्टकटको आइकन तपाईंको होम स्क्रिनमा थपिनेछ । जब तपाईंले आईफोन बन्द गर्न चाहनुहुन्छ, त्यो आइकनमा ट्याप गर्नुहोस् र त्यसपछि Shut Down ट्याप गरेर कन्फर्म गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०८२ १३:४२