close

तिहारका फोटो आकर्षक र प्रोफेसनल देखिने बनाउन गुगल जेमनाई एआईको सहयोगमा यसरी गर्नुहोस् एडिट

टेकपाना टेकपाना

कात्तिक ६, २०८२ १५:४१

तिहारका फोटो आकर्षक र प्रोफेसनल देखिने बनाउन गुगल जेमनाई एआईको सहयोगमा यसरी गर्नुहोस् एडिट

काठमाडौँ । गुगलको जेमनाई २.५ फ्ल्याश इमेज नामक अत्याधुनिक एआई मोडेल भित्र रहेको नानो बनानाले फोटो एडिटिङको तरिकालाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ । सामान्य लिखित निर्देशनहरू (Text Prompts) प्रयोग गरेर तपाईँले चाडबाडको समयमा खिचिएका आफ्ना तस्बिरहरूलाई सिनेम्याटिक, कलात्मक वा प्रोफेसनल जस्तै देखिने उत्कृष्ट तुल्याउन सक्नु हुन्छ ।

नानो बनाना गुगल डिपमाइन्डद्वारा विकसित गरिएको हो र यसले अगस्ट २०२५ मा सार्वजनिक भएदेखि नै सामाजिक सञ्जालमा लोकप्रियता कमाइरहेको छ । यो प्रविधि विशेषगरी पात्रको स्थिरता (Character Consistency) कायम राख्ने कुरामा उत्कृष्ट छ । यसको अर्थ तपाईँले पृष्ठभूमि वा पहिरन बदल्दा पनि तस्बिरमा भएका मानिस वा जनावरको रूप-रङ्ग जस्ताको तस्तै रहन्छ ।

 

यसरी गर्नुहोस्, तिहारका फोटो एडिट

तिहारमा दियो, रङ्गोली, पारिवारिक जमघट र झिलिमिली बत्तीको माहोललाई एआईको माध्यमबाट अझ आकर्षक बनाउन सकिन्छ । तपाईँले जेमनाई एप (मोबाइल वा डेस्कटपमा) वा गुगल एआई स्टुडियो (Google AI Studio) मार्फत नानो बनाना निःशुल्क रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

डेस्कटपमा हुनुहुन्छ भने गुगल जेमनाई वेबसाइट (gemini.google.com) मा जानुहोस् वा अथवा मोबाइलमा जेमनाई एप खोल्नुहोस् ।

अब 'प्लस' (+) बटन क्लिक गरेर तपाईँले एडिट गर्न चाहेको तिहारको फोटो अपलोड गर्नुहोस् । त्यसपछि तलको टेक्स्ट बक्समा तपाईँले फोटोमा ल्याउन चाहेको परिवर्तनलाई प्राकृतिक भाषामा (जस्तै: Change the lighting to warm golden hour glow) लेख्नुहोस् ।

जेमनाईले तस्बिर बनाएपछि यदि कुनै कमी कमजोरी छ भने तपाईँले थप निर्देशनहरू दिएर त्यसलाई परिमार्जन गर्न सक्नुहुन्छ, जसलाई मल्टी-टर्न एडिटिङ पनि भनिन्छ ।

तपाईँलाई चित्तबुझ्दो नतिजा देखिएपछि 'डाउनलोड फुल साइज' (Download full size) मा क्लिक गरी तस्बिर सेभ गर्नुहोस् ।

 

तिहार विशेष प्रम्प्ट

तिहार पर्वको माहोललाई ध्यानमा राखेर तस्बिरमा चमक, पृष्ठभूमि परिवर्तन वा कुनै विशेष शैली थप्न निम्न निर्देशनहरू प्रयोग गर्न सक्नु हुन्छ । यी प्रम्प्टहरू दिपावली र लक्ष्मी पूजाको सन्दर्भसँग कस्टमाइज गरिएका छन् ।

१. पारिवारिक पोट्रेटलाई न्यानो र सुनौलो प्रकाश दिएर उत्सवको माहोलमा बदल्न र सबैको अनुहारको मौलिकता कायम राख्नः

Create a realistic 4K portrait of a family celebrating Tihar. They are all dressed in traditional Nepali attire in vibrant colors. The background is decorated with marigold garlands, colorful lights, and softly glowing Diyas. Capture family togetherness, joy, and the festive spirit, keeping faces true to the original photo.

२. साधारण पृष्ठभूमिलाई रङ्गोली र दियोको सुन्दरताले भर्नः

Replace the current background with an intricate Rangoli design on the floor and brightly lit Diya arrangements. Maintain the subject's pose, lighting, and sharpness. Ensure realistic shadows and seamless edges so the subject blends smoothly into the new environment.

३. तस्बिरको प्रकाशलाई गोल्डेन आवर (Golden Hour) मा बदलेर नाटकीय र रोमान्टिक चमक प्रदान गर्नः

Adjust the lighting and shadows in the scene to achieve golden hour sunlight with soft, cinematic light highlighting the faces, enhancing the warm and festive mood."

४. तस्बिरमा रहेका अनावश्यक वस्तुहरू (जस्तै: फोहोरको भाँडो, तार वा प्लास्टिकका सामान) हटाउन र पृष्ठभूमिमा निर्बाध तवरले सजावट थप्न:

Remove the plastic chair in the background completely. Fill the empty area with natural festive decorations like Sayapatri (marigold) flowers and lights. Preserve the rest of the scene in high-resolution photorealistic quality.

५. फोटोलाई पुरानो (Vintage), सिनेम्याटिक वा रेट्रो लुक दिनः

Turn this photo into a vintage, retro-style image with grainy film texture and soft sepia tones. The woman is wearing a traditional outfit with small flowers tucked into her hair. The mood is nostalgic and timeless.

 

एड्भान्स प्रम्ट

उत्कृष्ट र यथार्थपरक एडिटिङ लागि आफ्ना प्रम्प्टमा निम्न भाग समावेश गर्नुहोस्:

१. विषयवस्तु (Subject): तपाईँको वा कुन वस्तुलाई सम्पादन गर्दै हुनुहुन्छ ? (जस्तै: A multigenerational Nepalese family; A girl wearing a Patuki)

२. कार्य (Action): तिनीहरूले के गरिरहेका छन् ? (जस्तै: lighting a Diya; walking while holding hands)

३. स्थान (Location): दृश्य कहाँको हो ? (जस्तै: a balcony with fairy lights; a temple courtyard)

४. शैली (Style): कस्तो कलात्मक रूप चाहेको हो ? (जस्तै: photorealistic, 4K HD, watercolor painting, 90s vintage film style)

५. सम्पादन निर्देशन (Editing Instructions): तपाईँ के परिवर्तन गर्न चाहनुहुन्छ ? (जस्तै: Match shadows and color temperature; Change the color of the sweater to bright red; Sharpen facial features)

यथार्थ-परक एडिटिङका लागि विशेष सुझाव:

  • नानो बनाना पात्रको अनुहार र विशेषताको सङ्गति कायम राख्ने गरी तालिम प्राप्त छ । यदि तपाईँले आफ्नो अनुहारको फोटो अपलोड गर्दै हुनुहुन्छ भने मोडेललाई 'Keep the faces exactly the same without any changes' वा 'Keep all faces true to the original photos' जस्ता स्पष्ट निर्देशन दिनुहोस् ।

  • तपाईँ यसको pixel-perfect editing क्षमता प्रयोग गरेर बाँकी दृश्यलाई असर नगरी कुनै एउटै वस्तु (जस्तै: दियोको रङ्ग वा पृष्ठभूमिमा भएको फुलको रङ्ग) लाई मात्र परिवर्तन गर्न सक्नुहुन्छ ।

  • यदि तपाईँ सिनेम्याटिक लुक चाहनुहुन्छ भने चौडाइ बढी भएको तस्बिरहरू प्रयोग गर्नुहोस् ।

  • यदि एडिट गरिएको फोटो 'कट-एन्ड-पेस्ट' जस्तो देखियो भने Add a soft contact shadow under the feet to anchor the subject वा Match color temperature so subject and background feel cohesive जस्ता थप प्रम्प्टहरू प्रयोग गरेर छायाँ र रङको सङ्गति मिलाउन आग्रह गर्नुहोस् ।

  • जटिल सम्पादनका लागि निर्देशनहरूलाई सानो चरणहरूमा विभाजन गर्नुहोस् (जस्तै: पहिले पृष्ठभूमि परिवर्तन गर्नुहोस्, अनि प्रकाश मिलाउनुहोस् )।

तर आउनेछ एआईक वाटरमार्क

जेमनाई २.५ फ्ल्याश इमेज मार्फत सिर्जना वा सम्पादन गरिएका सबै तस्बिरहरूमा 'एआईद्वारा निर्मित सामग्री हो' भनी पहिचान गराउन सिन्थआईडी डिजिटल वाटरमार्क समावेश गरिएको हुन्छ ।

यो अदृश्य वाटरमार्क हो, जसले पारदर्शिता सुनिश्चित गर्छ । गुगल फोटोमा पनि एआई-सम्पादित तस्बिरहरूका लागि सी२पीए कन्टेन्ट क्रेडेन्सियल र सिन्थआईडीको सपोर्ट थपिएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०८२ १५:४१