एआई सिर्जित तस्बिर
काठमाडौँ । ब्लुटुथ (Bluetooth) तार बेगर डिभाइसहरूलाई एक-अर्कासँग कनेक्ट गर्ने महत्त्वपूर्ण प्रविधि हो । यसले तपाईँको डेस्कटप सेटअपलाई तारको गन्जागोलबाट मुक्ति दिन्छ । सफा, व्यवस्थित र सहज बनाइराख्न सहयोग गर्छ । तर, कहिलेकाहीँ ब्लुटुथमार्फत डिभाइस जोडिँदैनन् । समस्या देखापर्छ ।
जस्तै; माउस पेयर नहुने, हेडफोन/इयरबड्समा आवाज टुक्रेर आउने वा ब्लुटुथ टोगल (Toggle) नै गायब हुने समस्या आउन सक्छ । यस्ता समस्या तपाईँले पनि भोगिरहनु भएको छ भने यहाँ समाधानका उपाय समावेश गरिएको छ । थोरै आधारभूत पक्ष र केही कमान्ड (command) मार्फत तपाईँले सजिलै आफ्नो वायरलेस कनेक्सन पुनःस्थापित गर्न सक्नुहुन्छ ।
विन्डोज ११ मा देखिने ब्लुटुथ समस्या र त्यसको समाधान गर्ने तरिका यस्ता छन् । माइक्रोसफ्ट विन्डोज ११ प्रयोगकर्ताले प्राय: डिभाइस पेयर गर्न नसक्नुको कारणमा-
-
फाइल ट्रान्सफर नहुनु
-
सिस्टम अपडेटपछि ब्लुटुथ नचल्नु
-
हेडफोन/इयरबड्स वा स्पिकरमा आवाज कमजोर वा टुट्ने समस्या आउनु
-
ब्लुटुथ पटक-पटक डिसकनेक्ट हुनु
यी समस्या प्रायः पुराना ड्राइभरहरू, निष्क्रिय ब्लुटुथ ड्राइभर वा डिभाइसको हार्डवेयर गडबडीका कारणले देखा पर्न सक्छन् ।
ब्लुटुथ समस्या समाधान गर्ने तरिका
सुरुमा माइक्रोसफ्टले विन्डोज ११ प्रयोगकर्तालाई ‘Get Help’ एपभित्रको स्वचालित Bluetooth Troubleshooter प्रयोग गरेर समस्या समाधान गर्न सुझाउँछ । यसले स्वतः ब्लुटुथसम्बन्धी समस्याहरू स्क्यान गर्छ र स्वतः समाधान पनि गरिदिन्छ ।
यदि समस्या समाधान भएन भने माइक्रोसफ्टको Support पेजमा गएर तपाईँले आफूले भोगिरहेको समस्याको प्रकार चयन गर्नुपर्छ । र, त्यहाँ दिइएका चरणहरू पालना गर्नुपर्छ ।
यदि माइक्रोसफ्टको सूचीमा तपाईँको समस्या छैन भने, तलको “General Bluetooth troubleshooting in Windows 11” निर्देशन पालना गर्नुपर्छ ।
पहिलो चरण: विन्डोज ११ भएको डिभाइसमा ब्लुटुथ Compatibility जाँच्नुहोस्
यदि तपाईँ नयाँ पीसी सेटअप गर्दै हुनुहुन्छ र ब्लुटुथ हराइरहेको छ भने डिभाइसको स्पेसिफिकेसन हेरेर ब्लुटुथ हार्डवेयर सपोर्ट गर्छ वा गर्दैन पत्ता लगाउनुहोस् । केही डिभाइसमा ब्लुटुथ हार्डवेयर नहुन पनि सक्छ ।
दोस्रो चरण: Bluetooth चले नचलेको ख्याल गर्नुहोस्
यदि तपाईँको ल्यापटपमा ब्लुटुथ स्विच छ भने त्यो अन भएको छ कि छैन निर्क्यौल गर्नुपर्छ ।
विन्डोज ११ मा दुई तरिकाले ब्लुटुथ जाँच्न सकिन्छ ।
Quick Settings बाट:
-
टास्कबारको दायाँपट्टि रहेको नेटवर्क, साउन्ड वा ब्याट्री आइकनमा क्लिक गर्नुहोस् ।
-
ब्लुटुथ खोजेर त्यसलाई अन गर्नुहोस् ।
-
यदि तपाईंको पीसी कुनै ब्लुटुथ उपकरणसँग कनेक्ट छैन भने “Not connected” भनेर देखिनेछ ।
Settings बाट:
-
Start > Settings > Bluetooth & devices मा जानुहोस्।
-
ब्लुटुथ अन भएको सुनिश्चित गर्नुहोस् ।
तेस्रो चरण: तपाईँको ब्लुटुथ डिभाइस जाँच्नुहोस्
-
उपकरण अन, चार्ज वा ब्याट्री भएको हुनुपर्छ ।
-
डिभाइसलाई पीसीको नजिक राख्नुहोस् ।
-
डिभाइस अफ गरी केही सेकेन्डपछि पुनः अन गर्नुहोस् ।
-
यदि डिभाइसले ढिलो रेस्पोन्ड गर्छ वा कनेक्ट हुन मान्दैन भने कुनै USB 3.0 पोर्टमार्फत अनावश्यक डिभाइस कनेक्ट भए नभएको पत्ता लगाउनुहोस् । किनभने केही unshielded USB डिभाइसले Bluetooth मा बाधा पुर्याउन सक्छन् ।
चौथो चरण: ब्लुटुथ डिभाइसको ‘discovery setting’ परिवर्तन गर्नुहोस्
यदि तपाईँको डिभाइस सूचीमा देखिँदैन भने सेटिङ्स परिवर्तन गर्नुहोस् ।
-
Start > Settings > Bluetooth & devices > Devices मा जानुहोस्।
-
Device settings अन्तर्गत “Bluetooth devices discovery” मा गएर
-
Default: सामान्य ब्लुटुथ डिभाइस देखाउँछ ।
-
Advanced: सबै प्रकारका ब्लुटुथ डिभाइस देखाउँछ ।
-
यदि अझै पनि डिभाइस देखिएन भने यी उपाय लगाउनुहोस् ।
पाँचौ चरण: विन्डोज ११ मा ब्लुटुथ हार्डवेयर र सेटिङ्स जाँच्नुहोस्
-
Airplane mode अफ गर्नुहोस्:
टास्कबारमा Network/Sound/Battery आइकनमा क्लिक गरेर Airplane mode अफ गर्नुहोस् । -
ब्लुटुथ टोगल गर्नुहोस्:
Start > Settings > Bluetooth & devices मा गएर ब्लुटुथ अफ गरेर केही सेकेन्ड पर्खनुहोस् र पुनः अन गर्नुहोस् । -
डिभाइस हटाएर पुनः पेयर गर्नुहोस्:
Start > Settings > Bluetooth & devices > Devices मा जानुहोस्।
सम्बन्धित डिभाइसमा “More options” क्लिक गरेर “Remove device > Yes” क्लिक गर्नुहोस् । त्यसपछि फेरि डिभाइलाई पेयर गर्नुहोस्।
छैटौँ चरण: ब्लुटुथ Troubleshooter चलाउनुहोस्
-
Start > Settings > System > Troubleshoot > Other troubleshooters मा जानुहोस्।
-
ब्लुटुथ अप्सन फेला पारेर ‘Run’ क्लिक गर्नुहोस् ।
-
स्क्रिनमा देखाइएका निर्देशनहरू पालना गर्नुहोस्।
सातौँ चरण: ब्लुटुथ ड्राइभर अपडेट गर्नुहोस्
यदि तपाईँले विन्डोज ११ मा अपग्रेड हुनु भयो वा हालसालै अपडेट गर्नुभयो भने पुरानो ड्राइभर उपयुक्त नहुन सक्छ ।
स्वचालित रूपमा ड्राइभर अपडेट गर्न:
-
टास्कबारमा सर्चमा “Device Manager” टाइप गर्नुहोस् ।
-
ब्लुटुथ चयन गरेर Adapter नाममा राइट-क्लिक गर्नुहोस् ।
-
“Update driver > Search automatically for updated driver software” चयन गर्नुहोस् ।
-
निर्देशनहरू पालना गरी बन्द गर्नुहोस् ।
-
आवश्यक परेमा पीसी रिस्टार्ट गर्नुहोस् ।
यदि स्वचालित रूपमा अपडेट पाइएन भने:
-
आफ्नो पीसी निर्माताको वेबसाइटमा गएर नयाँ ब्लुटुथ ड्राइभर डाउनलोड गर्नुहोस् ।
-
यदि डाउनलोड गरिएको फाइल .exe हो भने, डबल–क्लिक गरी इन्स्टल गर्नुहोस् ।
-
यदि .inf र .sys फाइलहरू छन् भने:
-
Device Manager खोल्नुहोस्, ब्लुटुथमा राइट-क्लिक गर्नुहोस् ।
-
“Update driver > Browse my computer for drivers” चयन गरी ड्राइभर भएको फोल्डर देखाउनुहोस् ।
-
OK > Next क्लिक गर्नुहोस् र निर्देशन पालना गर्नुहोस् ।
-
आवश्यक परेमा पीसी पुनःरिस्टार्ट गर्नुहोस् ।
-
आठौँ चरण: ब्लुटुथ Adapter पुनःइन्स्टल गर्नुहोस्
यदि टास्कबारबाट ब्लुटुथ हराएको छ, तर Device Manager मा देखिन्छ भने पुनःइन्स्टल यसरी गर्नुहोस् ।
-
टास्कबारमा “Device Manager” सर्च गरेर खोल्नुहोस् ।
-
ब्लुटुथ (expand) गरेर Adapter नाममा राइट-क्लिक गर्नुहोस् ।
-
“Uninstall device > Uninstall” रोज्नुहोस् ।
-
Start > Power > Shut down क्लिक गरी पीसी बन्द गर्नुहोस् ।
-
केही सेकेन्डपछि पुनः अन गर्नुहोस् ।
विन्डोजले ब्लुटुथ ड्राइभर स्वचालित रूपमा पुनःइन्स्टल गर्नेछ ।
यदि ड्राइभर पुनःइन्स्टल भएन भने Device Manager मा Action > Scan for hardware changes रोज्नुहोस् ।
यदि अझै पनि ब्लुटुथ देखिँदैन भने तपाईँको पीसी वा हार्डवेयर निर्माता कम्पनीसँग सम्पर्क गरी नयाँ Adapter ड्राइभर डाउनलोड गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: कात्तिक ८, २०८२ २१:२६
