close

मन्त्री बन्ने चर्चाबिच विवादमा खगेन्द्र सुनार, सामाजिक सञ्जालमा चर्को आलोचना

टेकपाना टेकपाना

कात्तिक ९, २०८२ १३:४१

मन्त्री बन्ने चर्चाबिच विवादमा खगेन्द्र सुनार, सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौँ । वर्तमान सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने चर्चा गरिएका खगेन्द्र सुनारविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सुनार दुई वटा मुद्दाका फरार अभियुक्त रहेको भन्दै सुनारलाई मन्त्री नबनाउन प्रधानमन्त्री सुशीला कार्की माथि दबाब बढाएका हुन् । 

यसका साथै एक महिलालाई फेसबुक स्टाटसमार्फत गालीगलौज तथा दुर्व्यवहार गर्ने व्यक्तिलाई मन्त्री बनाउन नहुने मत सामाजिक सञ्जालमा प्रकट भइरहेका छन् । सुनारविरुद्ध स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात मुद्दामा सुर्खेत जिल्ला अदालतबाट सात दिने पक्राउ पुर्जी नै जारी भएको पत्र सामाजिक सञ्जालमा भाइरल छ । 

सामाजिक सञ्जालमा भाइरल भएका पत्रहरू 

 

मेहेलकुना अस्पताल प्रमुख डा. सोजन सापकोटाले सुनारविरुद्ध जाहेरी दिएका थिए । सुनारलाई मन्त्री बनाउने चर्चासँगै उनीविरुद्ध फेसबुक, एक्सलगायतका सामाजिक सञ्जालमा आलोचना चुलिएको छ । 

उनले अधिवक्ता मनिषा गौतम लगायतलाई अश्लील शब्द प्रयोग गर्दै फेसबुकमार्फत गालीगलौज गर्ने गरेको भन्दै स्क्रिनशट शेयर भइरहेका छन् । 

सुनारको फेसबुक स्टाटसको स्क्रिनशट

यसका साथै सामाजिक सञ्जालमा सुनार नेपाली काँग्रेस दैलेखबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएको पत्र समेत आइरहेको छ । हालसम्म भाइरल भइरहेका यी पत्रबारे आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८२ १३:५१