close

ट्राफिक सचेतनासम्बन्धी भौतिक कक्षा ११ कात्तिकदेखि पुन: सुरु हुँदै, अनलाइन कक्षा अझै अनिश्चित

टेकपाना टेकपाना

कात्तिक ९, २०८२ १४:५१

जेमिनाई एआईको सहयोगमा तयार पारिएको प्रतिकात्मक तस्वीर जेमिनाई एआईको सहयोगमा तयार पारिएको प्रतिकात्मक तस्वीर

काठमाडौँ । २३ र २४ भदौको आन्दोलनका क्रममा रामशाह पथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि रोकिएको ट्राफिक सचेतना कक्षा पुन: सुरु हुने भएको छ । 

कार्यालयका अनुसार ट्राफिक सचेतना सम्बन्धी भौतिक कक्षा ११ कात्तिकदेखि पुनः सञ्चालन हुनेछ । नागरिक एपबाट सुरु भएको भर्चुअल कक्षा भने कहिलेदेखि सञ्चालन हुन्छ भन्ने कुरा अझै अनिश्चित छ । 

उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ति तथा सडक लेन उल्लङ्घन गरी कारबाहीमा परेका चालकलाई ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा भौतिक ट्राफिक सचेतना कक्षा सञ्चालन गर्न लागिएको हो । 

सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन कक्षा सञ्चालन हुने कार्यालयले जनाएको छ । जसअनुसार प्रत्येक दिन बिहान ०९:०० देखि १०:०० बजेसम्म, १०:३० देखि ११:३० बजेसम्म, १२:०० देखि १:०० बजेसम्म, १:३० देखि २:३० बजेसम्म र ३:०० देखि ४:०० बजेसम्म कक्षाहरू सञ्चालन हुनेछन् । 

शुक्रबार भने २:३० बजेसम्म मात्र कक्षा सञ्चालन हुनेछ । त्यसैगरी कार्यालय समयमा उपस्थित हुन असहज हुनेहरूको सहजताका लागि अन्य सार्वजनिक बिदाको दिन बाहेक प्रत्येक शनिबार १०:०० बजेदेखि १२:०० बजेसम्म दुई वटा कक्षा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सञ्चालन गरिने बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८२ १४:५१