close

हुम्ला र मनाङको दुर्गम क्षेत्रमा फोरजी सेवा पुर्‍याउन स्थानीयले गुहारे सञ्चारमन्त्री

टेकपाना टेकपाना

कात्तिक १०, २०८२ ११:२८

हुम्ला र मनाङको दुर्गम क्षेत्रमा फोरजी सेवा पुर्‍याउन स्थानीयले गुहारे सञ्चारमन्त्री

काठमाडौँ । हुम्ला र मनाङका दुर्गम क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच पुर्‍याउन स्थानीयले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई  गुहारेका छन् । हुम्लाको नाम्खा र मनाङको नार्पा भूमि गाउँपालिकाका स्थानीयवासी सहितको प्रतिनिधिमण्डलले आइतबार मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।

लाम्खा-६ स्थित लिमी तथा नार्पा भूमि-१ स्थित नार र ५ को फू लगायत स्थानमा गुणस्तरीय र भरपर्दो दूरसञ्चारको पहुँच विस्तार गर्नुपर्ने स्थानीयको माग छ । ज्ञापन पत्र बुझ्दै सञ्चारमन्त्री खरेलले दुर्गम क्षेत्रमा टेलिफोन र इन्टरनेट तथा फोरजीको पहुँच पुर्‍याउन पहल गर्ने आश्वासन दिएका छन् ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०८२ ११:२८