close

जेनजी आन्दोलनमा ध्वस्त भएको ट्राफिक प्रहरीको कन्ट्रोल रुम आधुनिक प्रविधिसहित पुनर्निर्माण

टेकपाना टेकपाना

कात्तिक ११, २०८२ १७:२७

जेनजी आन्दोलनमा ध्वस्त भएको ट्राफिक प्रहरीको कन्ट्रोल रुम आधुनिक प्रविधिसहित पुनर्निर्माण

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले क्षतिग्रस्त कन्ट्रोल रुम पुनर्निर्माण गरी मंगलबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई उक्त कन्ट्रोल रुम हस्तान्तरण गरेको हो ।

संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार श्रेष्ठले पुनर्निर्मित कन्ट्रोल रुमको चाबी प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका छन् ।

कन्ट्रोल रुममा जडान गरिएको आधुनिक प्रविधिबाट सवारी दुर्घटना र अपराध नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ । संघले निकट भविष्यमा ट्राफिक प्रहरीले मापसे (मदिरा सेवन) परीक्षणका लागि अत्यावश्यक ब्रेथलाइजर उपकरण समेत उपलब्ध गराउने योजना बनाएको छ ।

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका प्रहरी र ट्राफिक कार्यालयमा तोडफोड र आगजनी भएका थिए । जसका कारण प्रहरीका सूचना प्रविधिसम्बन्धी पूर्वाधारसहितका आवश्यक उपकरण नष्ट भएका थिए । यी घटनापछि प्रहरीलाई कन्ट्रोल रुममार्फत सीसीटिभीबाट निगरानी र अभियुक्त पक्राउका क्रममा सञ्चार सम्पर्कमा कठिनाइ भोग्नुपरेको थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८२ १७:४६