close

हराएको फोनको मोबाइल बैङ्किङ दुरुपयोग गर्दै आफ्नो खातामा १० लाख ट्रान्सफर गर्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

कात्तिक १९, २०८२ १७:५२

हराएको फोनको मोबाइल बैङ्किङ दुरुपयोग गर्दै आफ्नो खातामा १० लाख ट्रान्सफर गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । हराएको मोबाइल फोन फेला पारेर त्यसमा रहेको मोबाइल बैंकिङ सेवा दुरुपयोग गर्दै आफ्नै बैंक र इसेवा खातामा रकम ट्रान्सफर गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय मुकेश कुमार मण्डल रहेका छन् ।

प्रहरीका अनुसार आरोपी मण्डलले पीडितको मोबाइलमा रहेको मोबाइल बैंकिङमार्फत १० लाख रुपैयाँ आफ्नै खातामा ट्रान्सफर गरेको पाइएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मण्डललाई मंगलबार बौद्ध क्षेत्रबाट पक्राउ गरेको हो ।

उनलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको कार्यालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८२ १७:५२