close

आफ्नो सेग्मेन्टकै पहिलो ओआईएस फिचर भएको सामसङ ग्यालेक्सी एम१७ फाइभजी स्मार्टफोन नेपाली बजारमा

टेकपाना टेकपाना

कात्तिक २०, २०८२ ९:७

आफ्नो सेग्मेन्टकै पहिलो ओआईएस फिचर भएको सामसङ ग्यालेक्सी एम१७ फाइभजी स्मार्टफोन नेपाली बजारमा

 

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एम१७ फाइभजी स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, टिकाउपन र अत्याधुनिक एआई-इनेबल्ड फिचरसहित ल्याइएको स्मार्टफोनले आफ्नो सेग्मेन्टमै पहिलो पटक अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) अर्थात् ‘नो शेक क्यामेरा’ प्रविधि ल्याएको छ । 

जसको मद्दतले स्थिर र स्पष्ट फोटो तथा भिडिओ कैद गर्न सकिने कम्पनीले जनाएको छ । “ग्यालेक्सी एम१७ फाइभजी मार्फत हामी एआई र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ व्यापक नेपाली प्रयोगकर्तासम्म पुर्‍याउँदैछौँ । 

‘नो शेक क्यामेरा’ सहितका नवीन सुविधाहरूले दैनिक जीवनलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउनेछन् । यो फोन ती युवाहरूका लागि बनाइएको हो, जो निडर, सिर्जनात्मक र सधैँ गतिशील हुन्छन्,” सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित भने ।

ग्यालेक्सी एआईबाट यो स्मार्टफोनमा ‘सर्कल टु सर्च विथ गुगल (Circle to Search with Google) र ‘रियल टाइम एआई असिस्ट (Real-time AI Assist) जस्ता फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ । स्मार्टफोनमा ६ नानोमिटरको एक्सिनस १३३० (Exynos 1330) प्रोसेसर छ ।  

मुख्य विशेषता:

  • 6.7" FHD+ Super AMOLED डिस्प्ले

  • Corning Gorilla Glass Victus द्वारा सुरक्षित

  • IP54 रेटिङ सहित धूलो र पानीबाट सुरक्षा

मूल्य तथा अफर

प्रोडक्ट

भेरियन्ट

मूल्य (रु)

ग्यालेक्सी एम१७ फाइभजी

४ जीबी /१२८ जीबी 

२६ हजार

 

६ जीबी/१२८ जीबी

२८ हजार 

 

यो स्मार्टफोन देशभर सामसङका आधिकारिक रिटेल स्टोर, सामसङ प्लाजा र ई-कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८२ ९:७