close

आकर्षक अफर सहित एमडब्लूसीका नयाँ स्मार्टवाच र इयरबड्स सार्वजनिक, १२ हजार पर्ने वाच ४००० मै !

टेकपाना टेकपाना

कात्तिक २४, २०८२ १७:४३

आकर्षक अफर सहित एमडब्लूसीका नयाँ स्मार्टवाच र इयरबड्स सार्वजनिक, १२ हजार पर्ने वाच ४००० मै !

काठमाडौँ । एमडब्लूसीले ११.११ को अवसरमा आफ्ना दुई नयाँ प्रिमियम डिभाइस क्यालिस्टो वाच प्रो २ स्मार्टवाच र कुलपड प्रो इयरपड सार्वजनिक गरेको छ । आकर्षक फिचर र अफरका साथ यी दुवै उत्पादन बजारमा उपलब्ध भएका हुन् ।

क्यालिस्टो वाच प्रो टु जीपीएस र एआई सुविधा भएको एउटा प्रिमियम देखिने स्मार्टवाच हो । यो वाच ५ एटीएम वाटर रेसिस्टेन्सको साथमा आएको छ । एमडब्लूसीको दाबी अनुसार यसले २० मिनेटसम्मको वाटरप्रुफ टेस्ट पनि पार गरेको छ ।

जसको अर्थ तपाईँले ५ फिटसम्मको सामान्य स्विमिङ पुलमा पौडी खेल्दा गर्दा पनि वाच खोल्नु पर्दैन । किनकि यसमा स्विमिङ विकल्प पनि उपलब्ध छ । कम्पनीले यो वाचले ड्रप टेस्ट र हेभी भेहिकल टेस्ट लगायतका कठिन परीक्षणहरू पनि सफलतापूर्वक पार गरेको बताएको छ ।

यो स्मार्टवाचमा जिङ्क एलोय फिनिस र १.४३ इन्च एचडी एमोलेड डिस्प्ले हार्ड ग्लासको साथमा पाउन सकिन्छ । यसले ब्लुटुथ ५.३ भर्सनलाई सपोर्ट गर्छ ।

स्मार्टवाचमा रहेको ३९० एमएएच क्षमताको ब्याट्री क्षमताले ६ देखि ७ दिनसम्म प्रयोग गर्न सकिने र यसले म्याग्नेटिक फास्ट चार्जिङलाई सपोर्ट गर्ने कम्पनीले जनाएको छ । यसका साथै वाचमा अल्वेज अन डिस्प्ले (सधैँ अन रहने डिस्प्ले), ईबुक, अडियो र भिडिओका लागि २ जीबी स्टोरेज, च्याटजीपीटी तथा एआई वाच फेस, भ्वाइस रेकर्डिङ र हेल्थ मनिटरिङ तथा स्पोर्ट्स मोडहरू पनि पाउन सकिन्छ ।

यो वाचलाई ‘वन वेयर प्रो’ एप मार्फत कनेक्ट गर्न सकिन्छ । १२ हजार रुपैयाँ रहेको यो स्मार्ट वाच ११.११ को अवसरमा ग्राहकले ७ हजार ५०० मा किन्न सक्ने बताइएको छ ।

एमडब्लूसीको वेबसाइट र दराजबाट वाच खरिद गर्ने पहिलो २०० ग्राहकले भने चार हजार रुपैयाँ पर्ने पोर्श्चे डिजाइन स्टेनलेस स्टिल स्ट्राप उपहार स्वरूप पाउनेछन् ।

एमडब्लूसीले ११.११ को मौका पारेर नोभेम्बर ११ मा नै आफ्नो नयाँ कुलपड प्रो इयरबड्स पनि सार्वजनिक गर्दैछ । प्रिमियम लुक्समा रहेको यो इयरबड्समा राम्रो साउन्ड र ब्लुटुथ भर्सन ५.४ को सपोर्ट रहेको छ । गेमिङका लागि यसमा ५० मिलि सेकेन्ड लेटेन्सी रहेको कम्पनीको भनाई छ ।

विशेष गरी यो इयरबड्समा ईएनसी (इनभाइरोमेन्टल नोइज क्यान्सिलेसन) र एएनसी (एक्टिभ नोइज क्यान्सिलेसन) को साथमा क्वाड माइकको पनि व्यवस्था छ । यसमा आईपीएक्स ४ वाटर रेसिस्टेन्ट रेटिङ पनि रहेको छ ।

इयरबड्सको केसमा ३०० एमएएच र बडमा ३५ एमएएच क्षमताको ब्याट्री छ । जसमा ब्याट्री सुरक्षा आईसी समावेश गरिएको छ । एमडब्लूसीको दाबी अनुसार यसले कुल ४० घण्टासम्मको टक टाइम प्रदान गर्छ ।

एमडब्लूसीको यो नयाँ इयरबड्समा कुल ब्लु आरजीबी लाइट र कुल ग्रे अतिरिक्त लुक्सका लागि टेल कोटेड फिनिसिङ रहेको छ । कुलपड्स प्रो इयरबड्सको मूल्य ४ हजार ४९९ रुपैयाँ राखिएको छ ।

तर लन्च अफरमा यो प्रोडक्ट २ हजार १९९ रुपैयाँमै खरिद गर्न सकिने बताइएको छ । साथै पहिलो २०० ग्राहकले ९९९ मूल्य पर्ने प्रिमियम कार्बन फाइबर टेक्चर केस उपहार स्वरूप पाउनेछन् ।

क्यालिस्टो वाच प्रो २ र कुलपड प्रो इयरबड्स एमडब्लूसीको आधिकारिक वेबसाइटका साथै दराज, ईसगुन, एसवाई बजार तथा खल्ती वालेटबाट खरिद गर्न सकिनेछ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८२ १७:५१