close

अनलाइन जुवा खेलाउने एक भारतीय सहित दुई जना पक्राउ, खातामा देखियो २८ लाख बढी रकम

टेकपाना टेकपाना

कात्तिक २६, २०८२ २३:३३

अनलाइन जुवा खेलाउने एक भारतीय सहित दुई जना पक्राउ, खातामा देखियो २८ लाख बढी रकम

काठमाडौँ । अनलाइन जुवा खेलाएको आरोपमा एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतका ५५ वर्षीय धर्मनाथ प्रसाद र कपिलवस्तुका २५ वर्षीय रामनन्द यादव रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनीहरूलाई मङ्गलबार साँझ ५ बजेतिर सुन्धाराबाट पक्राउ गरेको हो । परिसरका अनुसार सुन्धारास्थित 'द माउन्ट फुजी' होटेलको कोठा नम्बर १०१ बाट अनलाइन जुवा (बेटिङ) सञ्चालन भइरहेको विशेष सूचनाका आधारमा छापा मारिएको थियो । छापा मार्ने क्रममा जुवा खेलाइरहेको अवस्थामा नै उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आरोपीका साथबाट ६ थान मोबाइल, ६ थान चेक र नगद ३७ हजार रुपैयाँ बरामद भएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूका विभिन्न बैंक खातामा २८ लाख ४६ हजार रुपैयाँभन्दा बढी रकम जम्मा भएको पाइएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८२ २३:४६