काठमाडौँ । नेपाल प्रिमियर लिगको दोस्रो सिजन ओटीटी प्लेटफर्म डिसहोम गो एपबाट प्रसारण हुने भएको छ । बिहीबार क्रिकेट एसोसियसन नेपाल (क्यान) ले डिशहोम गोलाई एनपीएलको डिटिजल ओटीटी स्ट्रिम पार्टनर बनाएको हो ।
क्यानले ४ नोभेम्बरमै भारत बाहेकका सबै देशहरूमा एनपीएल प्रसारणका लागि ओटीटी प्लेटफर्ममार्फत एक्सक्लुसिभ अधिकार बिक्री गर्न टेन्डर खुलाएको थियो । जसमा डिशहोम गो एप छनोट भएको हो ।
अब भारतबाहेकका देशहरूमा डिशहोम गोमा शुल्क तिरेर एनपीएलको दोस्रो सिजन प्रत्यक्ष हेर्न सकिनेछ । शुल्क कति लाग्छ भन्ने जानकारी चाहिँ सार्वजनिक गरिएको छैन ।
टेलिभिजनमा भने अहिले स्टार स्पोर्ट्सले प्रसारण गर्ने टुङ्गो लागिसकेको छ भने एउटा नेपाली च्यानलको टुङ्गो शनिबार लाग्दैछ ।
पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८२ १५:३२
