close

प्रधानमन्त्रीलाई निर्वाचन आयोगले भन्यो- मतदाता नामावली दर्ताको समय ५ दिन थप्न सकिन्छ

टेकपाना टेकपाना

कात्तिक २८, २०८२ १६:२९

प्रधानमन्त्रीलाई निर्वाचन आयोगले भन्यो- मतदाता नामावली दर्ताको समय ५ दिन थप्न सकिन्छ

काठमाडौँ । मतदाता नामावली दर्तामा देखिएको उत्साह तथा बढ्दो चापलाई ध्यानमा राख्दै प्रधानमन्त्री सुशीला कार्कीले दर्ता अवधि थप्न निर्वाचन आयोगसँग आग्रह गरेकी छन् । उनले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामसाद भण्डारीसँग टेलिफोनमार्फत कुराकानी गर्दै म्याद थप्न अनुरोध गरेकी हुन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार, दर्ता अवधि थप्ने विषयमा आयोग सकारात्मक रहेको र आवश्यक परे पाँच दिनसम्म समय थप्न सकिने जानकारी आयुक्त भण्डारीले प्रधानमन्त्रीलाई दिएका छन् ।

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन नाम दर्ता गर्न मिल्ने व्यवस्था लागु भएपछि बिहीबारदेखि मतदाता दर्ता गर्नेको चाप झन् बढेको छ ।

यसैबीच, भीड बढेसँगै देखिएको सर्भर समस्याप्रतिको चासो पनि प्रधानमन्त्री कार्कीले व्यक्त गरेकी छन् । उक्त समस्या समाधान गर्दै प्रक्रिया सहज बनाउने कार्य भइरहेको भण्डारीले जवाफ दिएका थिए ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८२ १६:२९