काठमाडौँ । चिनियाँ मोबाइल ब्रान्ड जेडटीईले आफ्नो नुबिया सिरिज अन्तर्गत सार्वजनिक गरेको नयाँ गेमिङ स्मार्टफोन १४ हजार ८ सय रुपैयाँ डाउन पेमेन्टमै उपलब्ध गराइरहेको छ । त्यो हो, गेमिङ स्मार्टफोन नियो जीटी ३ फाइभजी (Neo 3 GT 5G) ।
हेर्दा बोल्ड र वजनदार देखिन्छ । फोनको पछाडि भागमा रहेको एलईडी लाइटले यसको देखावटलाई थप चहक प्रदान गरेको छ ।
फिचरको हिसाबले यो फोनमा तपाईँले १२० हर्ज रिफ्रेश रेट भएको ६.७८ इन्चको एमोलेड गेमिङ डिस्प्ले पाउन सक्नु हुन्छ । डिस्प्लेको उच्चतम ब्राइटनेस १३०० निट्स रहेको छ ।
एन्ड्रोइड १५ मा आधारित यो फोनमा युनिसक टी ९१०० (UNISOC T9100) प्रोसेसर समावेश गरिएको छ । साथै गेमिङको लागि फोनमा भीसी कुलिङ सिस्टम पनि दिइएको छ । जसले गर्दा गेमिङ एक्सपिरियन्स स्मुथ र ल्याग फ्रि बनाउन सहयोग पुग्छ ।
साथै फोनमा राम्रो गेमिङको लागि डुअल सोल्जर ट्रिगरर पनि उपलब्ध छ । फोनमा ५० मेगापिक्सेलको मेन क्यामेरा तथा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।
ब्याट्रीको कुरा गर्नुपर्दा तपाईँले यो फोनमा ६००० एमएएच क्षमताको ब्याट्री पाउनु हुनेछ । जसले ८० वाटको फास्ट चार्जिङलाई सपोर्ट गर्छ ।
फोनमा बाइपास चार्जिङको सपोर्ट समेत६ रहेको छ । यो फोन १२ जीबी र्याम तथा २५६ जीबी इन्टरनल स्टोरेज सहित आउँछ ।
आकर्षक फिचर सहित सार्वजनिक भएको नुबिया नियो ३ जीटी फाइभजी स्मार्टफोनको मूल्य नेपाली बजारमा ३६ हजार ९९९ रुपैयाँ राखिएको छ । तपाईँले शून्य प्रतिशत ब्याजदरको ईएमआईमा १४ हजार ८०० रुपैयाँ डाउन पेमेन्टके भरमा यो फोन खरिद गर्न सक्नु हुने छ । यसका लागि तपाईँले जगदम्बा मोबाइल्समा सम्पर्क राख्नु पर्नेछ ।
पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८२ १७:४८
