काठमाडौँ । आईएमई खल्तीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट विनय खड्का बिदा भएका छन् । चार वर्षे कार्यकाल समाप्त भएसँगै उनी खल्तीबाट बाहिरिएका हुन् ।
चार वर्षअघि २७ वर्षको उमेरमै उनी मोबाइल वालेट खल्तीको सीईओ नियुक्त भएका थिए । उनकै कार्यकालमा खल्ती र आईएमई पे मर्जर भएर चुक्ता पुँजीको आधारमा खल्ती देशकै ठुलो मोबाइल वालेट कम्पनी बन्न सफल भएको छ ।
खड्काले आफू फिनटेक क्षेत्रमै सक्रिय हुने प्रतिक्रिया दिएका छन् । "मेरा केही एस्पिरेसन छन् । म फिनटेक क्षेत्र मै सक्रिय हुन्छु । त्यसैको तयारीमा छु । हिजो कार्यकाल सकिएकाले खल्तीबाट बाहिरिएको हुँ," खड्काले टेकपानासँग भने ।
पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ १३:१०
