इसेवाको ‘लाखौँ लाख शुभकामना’ योजना, रेमिट्यान्स पठाउँदा २ लाख २६०० रुपैयाँसम्म पुरस्कार पाइने
मंसिर २९, २०८२ १६:४०
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इ-सेवाले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशबाट इ-सेवा प्रयोग गरी रेमिट्यान्स पठाउने ग्राहकहरूले नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार हरेक हप्ता चार जना सहभागीले अधिकतम २६ हजार रुपैयाँसम्म पुरस्कार जित्न सक्नेछन् भने बम्परतर्फ एक जना भाग्यशाली विजेताले २ लाख २ हजार ६ सय रुपैयाँ प्राप्त गर्नेछन् । इ–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, “अङ्ग्रेजी नयाँ वर्ष २०२६ लाई लक्षित गरी यो योजना ल्याएका हौँ, जसमा रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरू सहभागी भई आकर्षक नगद पुरस्कार जित्न सक्नेछन् ।"
यो योजना अमेरिका, बेलायत, क्यानडा, दक्षिण कोरिया, जापान, रोमानिया, मलेसिया, यूएई, साउदी अरेबिया लगायत विश्वका विभिन्न देशबाट इ-सेवा प्रयोग गरी रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरूका लागि लागु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विजेताहरूको छनोट ‘लकी ड्र’ प्रणाली मार्फत गरिनेछ ।
पछिल्लो अध्यावधिक: मंसिर २९, २०८२ १६:४०
