close

सीजीले सञ्चालनमा ल्यायो पिक अप र ड्रप अफ सुविधासहितको नेपालकै पहिलो एलजी लन्ड्री लाउन्ज

टेकपाना टेकपाना

मंसिर २९, २०८२ १८:१९

सीजीले सञ्चालनमा ल्यायो पिक अप र ड्रप अफ सुविधासहितको नेपालकै पहिलो एलजी लन्ड्री लाउन्ज

काठमाडौँ । सीजी इलेक्ट्रोनिक्सले एलजीद्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो साझेदार क्लासी क्लिनसँग मिलेर काठमाडौँको कार्यविनायक, भैँसेपाटीमा उक्त लाउन्ज सञ्चालनमा ल्याएको हो ।

एलजीका प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित एक आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणालाई लन्ड्री लाउन्ज भन्ने गरिन्छ । एलजी लन्ड्री लाउन्जले अत्याधुनिक एलजी प्रोफेसनल उपकरणहरू र आकर्षक भिजुअल पहिचानलाई एकै ठाउँमा समेट्दै लन्ड्रोम्याटको नयाँ र नवीन अनुभव प्रदान गर्दछ ।

यो साझेदारीमा आधारित लन्ड्रोम्याट मोडेलले पूर्ण व्यवसायिक समाधान उपलब्ध गराउनुका साथै ग्राहकहरूलाई आकर्षित गर्दछ । यहाँ लुगा धुने काम केवल दैनिकी मात्र नभई, आरामदायी र डिजाइनर शैलीमा सजाइएको वातावरणमा रमाइलो अनुभव बन्छ ।

यस लन्ड्री लाउन्जको सञ्चालन एलजीको साझेदार क्लासी क्लिनले गरिरहेको छ भने यसमा एलजी कमर्सियल लन्ड्री सिस्टम जडान गरिएको छ । जसले उच्च गुणस्तरीय र प्रोफेसनल धुने तथा सुकाउने सेवा प्रदान गर्दछ । एलजीका कमर्सियल लन्ड्री मसिनहरूले भरपर्दो सरसफाइ, प्रभावकारी धुने र सुकाउने प्रक्रिया, पानी तथा ऊर्जाको किफायती प्रयोग र कपडाको राम्रो हेरचाह सुनिश्चित गर्छन् ।

ड्रायरहरूले उच्च तापक्रमको हावाको प्रयोग गरी कपडालाई स्यानिटाइज समेत गर्छन् । ग्राहकहरूले हप्ताको सातै दिन बिहान ८:०० बजेदेखि बेलुका ७:०० बजेसम्म सेवा लिन सक्ने बताइएको छ ।

साथै,ड्रप अफ र पिक अप सुविधा समेत उपलब्ध छ । यस लन्ड्री लाउन्जको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा एलजी बङ्ग्लादेश का प्रबन्ध निर्देशक जेराल्ड चुनले संयुक्त रूपमा गरेका हुन् । 

पछिल्लो अध्यावधिक: मंसिर २९, २०८२ १९:९