काठमाडौँ । गुगल डटकममा प्रायः परिवर्तन खासै हुँदैन । तर यस वर्ष सुरुमा एआई मोड शर्टकट थपिएपछि अहिले गुगल सर्चको होमपेजमा नयाँ ‘प्लस’ मेनु थपिएको छ ।
सर्च बारको बायाँपट्टि रहेको म्याग्निफाइङ ग्लासलाई प्रतिस्थापन गर्दै प्लस आइकन राखिएको छ । यो आइकनमा क्लिक गर्दा प्रयोगकर्ताहरूले Upload image (तस्विर अपलोड) वा Upload file (फाइल अपलोड) गर्न सक्छन् ।
यी दुई सुविधा नयाँ नभए पनि यो प्लस मेनुले गुगललाई केवल जानकारी खोज्नका लागि मात्र नभई अब निश्चित काम पुरा गर्नका लागि पनि प्रयोग गर्न सकिन्छ भन्ने कुरामा जोड दिन्छ । यसले यो कार्यक्षमता एआई मोड र एआई ओभरभ्युजसँग पनि प्रयोग गर्न सकिन्छ ।
यो नयाँ फिचर डेस्कटप वेबमा मात्र उपलब्ध छ र मोबाइलमा उपलब्ध छैन । सोमबारदेखि लाइभ हुन थालेको यो फिचरमा साइन-आउट गरिएको इनकग्निटो सेसनमा पनि देख्न सकिन्छ ।
गुगल क्रोममा यो फिचर देख्न सक्नु भएन ब्रेभ वा एज जस्ता अन्य ब्राउजरमा गुगल सर्च खोलेर हेर्न सक्नु हुन्छ ।
पछिल्लो अध्यावधिक: पुस १, २०८२ ११:५२
