close

‘सेल अ कार, मेक अ फ्रेन्ड’ अवधारणामा बीवाईडीको आफ्टर सेल्स सर्भिस, २४/७ रोडसाइड असिस्टेन्ट

टेकपाना टेकपाना

पुस ७, २०८२ ११:२

काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय सवारी साधन (ईभी) बिक्री बीवाईडीले नेपालमा पनि आफ्नो पकड बलियो बनाउँदै लगेको छ । कुनै समय उद्यमी एलन मस्कले यसको क्षमतामाथि खिल्ली उडाए पनि आज यो विश्वकै सबैभन्दा धेरै ईभी ब्रान्ड बनेको छ, जसको प्रभाव नेपाली सडकमा पनि स्पष्ट देखिन्छ ।

नेपालमा बीवाईडीको लोकप्रियतासँगै कम्पनीले आफ्नो आफ्टर सेल्स (बिक्री पछिको सेवा) लाई प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लगेको छ । बीवाईडीले आफ्ना ग्राहकका लागि २४ सै घण्टा, सातै दिन उपलब्ध हुने रोडसाइड असिस्टेन्स सेवा पनि सुरु गरेको छ । काठमाडौँमा हटलाइन नम्बर ९८०२३३११७७ मार्फत ग्राहकले कुनै पनि समयमा सहयोग लिन सक्छन् । यो सेवालाई थप प्रभावकारी बनाउन कम्पनीले यसै वर्षभित्र विराटनगर, नारायणघाट, पोखरा, बुटवल र नेपालगन्ज गरी ५ प्रमुख सहरमा रोडसाइड असिस्टेन्स र पूर्ण कार्यक्षमताका वर्कशप विस्तार गर्ने योजना बनाएको छ ।

काठमाडौँमा बीवाईडीका दुई वटा सर्भिस सेन्टर छन् । गौरीघाट र कुपण्डोलस्थित ती सर्भिस सेन्टरमा दैनिक औसत ४० वटा गाडीलाई सेवा दिने क्षमता छ । जहाँ बुकिङ गरेर आउने ग्राहकलाई ग्रीन ट्याग र वाक-इन ग्राहकलाई ब्ल्याक ट्याग दिइन्छ । यी सहित देशभर प्रमुख सहरमा गरेर कम्पनीका १२ वटा सर्भिस सेन्टर सञ्चालनमा छन् ।

सर्भिसिङका क्रममा प्रत्येक गाडीको ४२ पोइन्ट चेकलिस्ट अनुसार 'बम्पर टु बम्पर' चेकजाँच गरिन्छ । सामान्य सर्भिसिङका लागि साढे दुईदेखि तीन घण्टा समय लाग्ने र यसलाई अझ घटाउन क्विक सर्भिस वे र स्वचालित उपकरणहरूको प्रयोग बढाइँदै छ ।

बीवाईडीका पार्टपुर्जाहरू महँगो हुने जन-गुनासोलाई सम्बोधन गर्दै कम्पनीले यसको मूल्य बीवाईडी हेडक्वार्टरले नै फिक्स गर्ने र अन्य ईभीको तुलनामा यो सस्तो रहेको दाबी गरेको छ । हाल ९५ प्रतिशतभन्दा बढी पार्टपुर्जा स्टकमै उपलब्ध छन् । थप व्यवस्थापनका लागि चोभारमा ठुलो अत्याधुनिक वेयरहाउस निर्माण कार्य चलिरहेको छ भने चितवनमा बीवाइडी पार्कको अवधारणामा काम भइरहेको छ । जहाँबाट देशव्यापी रूपमा पार्ट्सको उपलब्धतालाई सहज बनाउने उद्देश्य रहेको छ ।

नेपालमा बीवाईडी गाडीको दुर्घटना हुँदा हालसम्म कुनै पनि मानवीय क्षति नभएको कम्पनीको दाबी छ । जसले गाडीको मजबुती र सुरक्षालाई पनि देखाउँछ । दुर्घटनामा परेका गाडीहरूको लागि कम्पनीले डेडिकेटेड हेल्प डेस्कको व्यवस्था गरेको छ, जसका लागि हिमालयन एभरेस्ट इन्स्योरेन्स लगायतका कम्पनीहरूसँग सहकार्य गरिएको छ । गाडी मर्मत हुँदासम्म ग्राहकको आवश्यकता अनुसार सर्भिस कार समेत उपलब्ध गराइन्छ । जुन निःशुल्क रूपमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ ।

'सेल अ कार, मेक अ फ्रेन्ड' भन्ने बीवाईडीका सीईओको दर्शनलाई आत्मसाथ गर्दै सर्भिस सेन्टरमा ग्राहकका लागि प्रिमियम लाउन्ज, कफी, इन्टरनेट र म्यागेजिनको सुविधा छ । बीवाईडीका सर्भिस सेन्टरमा कार्यरत ९० प्रतिशत कर्मचारीमा ३० वर्षभन्दा कम उमेरका ऊर्जावान् इन्जिनियर र प्राविधिकहरू छन् । जो बीवाईडी सर्टिफाइड दक्ष प्राविधिकहरू हुन् ।

 

पछिल्लो अध्यावधिक: पुस ७, २०८२ ११:९