close

नेपाल टेलिकमले एफटीटीएच इन्टरनेट गुणस्तर सुधार्न ल्यायो वाइफाई-६ राउटर, प्याकेज मूल्य ५३ हजार रुपैयाँसम्म

टेकपाना टेकपाना

पुस ९, २०८२ १३:४७

नेपाल टेलिकमले एफटीटीएच इन्टरनेट गुणस्तर सुधार्न ल्यायो वाइफाई-६ राउटर, प्याकेज मूल्य ५३ हजार रुपैयाँसम्म

काठमाडौँ । नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु दि होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाई-फाई ६ राउटर र एपी उपलब्ध गराउने भएको छ । जसअनुसार अब वाई-फाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुने टेलिकमले जनाएको छ । 

टेलिकमले पहिले वाई-फाई ५ प्रविधिको सीपीई (कस्टमर प्रिमाइस इक्विपमेन्ट) उपलब्ध गराइरहेकोमा अब वाई-फाई ६ प्रविधिको सीपीई उपलब्ध गराउने भएको छ । यसका साथै पहिलो पटक एपी (एक्सेस पोइन्ट) समेत उपलब्ध गराउने पनि टेलिकमले जनाएको छ । 

नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाई-फाई सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुने र इन्टरनेटको स्पिड पनि तीव्र हुने दाबी टेलिकमको छ । धेरै डिभाइसहरू कनेक्ट गर्न, सबैले फुल स्पिडमा इन्टरनेट चलाउन, डेटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवाका लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । 

टेलिकमका अनुसार ग्राहकहरूका लागि वाई-फाई ६ व्यक्तिगत प्याकेज र प्रिमियम प्याकेजमा उपलब्ध हुनेछ । व्यक्तिगत प्याकेज अन्तर्गत तीन ओटा विकल्प टेलिकमले दिएको छ । पहिलोमा इन्टरनेट र टेलिफोन प्याकेज वा दोस्रोमा इन्टरनेट, बेसिक एनटीटीभी र टेलिफोन प्याकेज तथा तेस्रोमा इन्टरनेट, प्रिमियम एनटीटीभी र टेलिफोन प्याकेज मध्ये कुनै एक प्याकेज रोज्न सकिन्छ । 

त्यसैगरी प्रिमियम प्याकेज अन्तर्गत पहिलोमा प्रिमियम इन्टरनेट प्याकेज मात्रै,  दोस्रोमा प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी प्याकेज तथा तेस्रोमा प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभीमध्ये कुनै एक प्याकेज रोज्न सकिने टेलिकमले जनाएको छ । 

यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् । यसका साथै प्रयोगकर्ताले मोबाइल डेटा समेत पाउने छन् । टेलिकमले वाई-फाई-६ सहितको वार्षिक इन्टरनेट प्याकेज मूल्य १४ हजार ५०० रुपैयाँदेखि ५३ हजार ३१९ रुपैयाँसम्म तोकेको छ ।

 

                      प्याकेज            

  मूल्य (करसहित रुपैयाँमा)

मोबाइल डेटा

100 Mbps

14,499

400 MB (All-time) + 400 MB (11 PM - 6 AM)

150 Mbps

15,999

450 MB (All-time) + 450 MB (11 PM - 6 AM)

200 Mbps

19,499

500 MB (All-time) + 500 MB (11 PM - 6 AM)

वाइफाई-६ इन्डिभिजुअल प्याकेज

१. इन्टरनेट र टेलिफोन प्याकेज

                      प्याकेज            

  मूल्य (करसहित रुपैयाँमा)

मोबाइल डेटा

100 Mbps

16,499

400 MB (All-time) + 400 MB (11 PM - 6 AM)

150 Mbps

17,999

450 MB (All-time) + 450 MB (11 PM - 6 AM)

200 Mbps

21,499

500 MB (All-time) + 500 MB (11 PM - 6 AM)

२. इन्टरनेट, बेसिक एनटीटिभी र टेलिफोन प्याकेज

                      प्याकेज            

  मूल्य (करसहित रुपैयाँमा)

मोबाइल डेटा

100 Mbps

16,499

400 MB (All-time) + 400 MB (11 PM - 6 AM)

150 Mbps

17,999

450 MB (All-time) + 450 MB (11 PM - 6 AM)

200 Mbps

21,499

500 MB (All-time) + 500 MB (11 PM - 6 AM)

 

३. इन्टरनेट, प्रिमियम एनटिटिभी र टेलिफोन प्याकेज

                      प्याकेज            

  मूल्य (करसहित रुपैयाँमा)

मोबाइल डेटा

100 Mbps

17,999

400 MB (All-time) + 400 MB (11 PM - 6 AM)

150 Mbps

19,499

450 MB (All-time) + 450 MB (11 PM - 6 AM)

200 Mbps

22,999

500 MB (All-time) + 500 MB (11 PM - 6 AM)

वाइफाई-६ प्रिमियम प्याकेज:

१. प्रिमियम इन्टरनेट प्याकेज मात्रै

                      प्याकेज            

  मूल्य (करसहित रुपैयाँमा)

मोबाइल डेटा

100 Mbps

35,199

500 MB (All-time) 

150 Mbps

42,999

600 MB (All-time)

200 Mbps

48,999

700 MB (All-time)

२.     प्रिमियम इन्टरनेट र बेसिक एनटिटिभी प्याकेज

                      प्याकेज            

  मूल्य (करसहित रुपैयाँमा)

मोबाइल डेटा

100 Mbps

38,199

500 MB (All-time) 

150 Mbps

45,999

600 MB (All-time) 

200 Mbps

51,999

700 MB (All-time) 

३.     प्रिमियम इन्टरनेट र प्रिमियम एनटिटिभी

                      प्याकेज            

  मूल्य (करसहित रुपैयाँमा)

मोबाइल डेटा

100 Mbps

39,519

500 MB (All-time) 

150 Mbps

47,319

600 MB (All-time) 

200 Mbps

53,319

700 MB (All-time)

पछिल्लो अध्यावधिक: पुस ९, २०८२ १३:४७