close

नयाँ वर्षसँगै आफ्नो आम्दानी-खर्चको हिसाब राख्ने सोचमा हुनुहुन्छ ? चलाउनुहोस् इसेवाको यो फिचर

टेकपाना टेकपाना

पुस १६, २०८२ १९:९

नयाँ वर्षसँगै आफ्नो आम्दानी-खर्चको हिसाब राख्ने सोचमा हुनुहुन्छ ? चलाउनुहोस् इसेवाको यो फिचर

काठमाडौँ । के तपाईंलाई आफ्नो आम्दानी कहाँ र कसरी खर्च भइरहेको छ भन्ने जानकारी छ ? धेरैजसो मानिसहरू खर्चको विवरण कापी वा डायरीमा नोट गर्ने गर्छन्, तर त्यो सधैँ व्यवस्थित नहुन सक्छ । विवरण व्यवस्थित नहुँदा वास्तविक खर्चको चित्र देखिँदैन, जसले गर्दा बिस्तारै हिसाब राख्ने बानी नै छुट्दै जान्छ । आम्दानी र खर्चको नियमित हिसाब राख्दा अनावश्यक खर्च घट्नुका साथै बचत गर्न समेत प्रेरणा मिल्छ ।

यदि तपाईं पनि आफ्नो आम्दानी तथा खर्चलाई सहज रूपमा व्यवस्थापन गर्न, कुन क्षेत्रमा कति खर्च भइरहेको छ भन्ने जान्न र बजेट योजना बनाउन चाहनुहुन्छ भने इसेवाले ‘फाइनान्स ३६०’ नामक फिचर ल्याएको छ । 

कसरी प्रयोग गर्ने इसेवा फाइनान्स ३६० ?

इसेवा एपभित्र उपलब्ध रहेको फाइनान्स ३६० मा इसेवामार्फत गरिएका हरेक डिजिटल कारोबारको रेकर्ड स्वतः बस्ने गर्दछ । तर, सबै खर्च र आम्दानी डिजिटल माध्यमबाट मात्र नहुने हुँदा यसमा ‘म्यानुअल’ रूपमा रेकर्ड गर्न सकिने सुविधा दिइएको छ ।

प्रयोगकर्ताले इसेवा बाहिरबाट भएको आम्दानी र नगदमा गरिएको खर्चलाई पनि यसमा इन्ट्री गर्न सक्छन् । जसका कारण प्रयोगकर्ताले आफ्नो कुल आम्दानी र खर्चको एकीकृत विवरण एकै ठाउँमा हेर्न पाउनेछन् । डिजिटल र नगद दुवै कारोबारलाई ट्रयाक गर्न मिल्ने भएकाले यो फिचर व्यक्तिगत वित्त व्यवस्थापनका लागि निकै उपयोगी हुन सक्छ । 

इसेवाको फाइनान्स ३६० प्रयोग गर्नका लागि तलको प्रक्रिया अपनाउन सक्नुहुन्छ । 

  • सबैभन्दा पहिले इसेवा एप खोल्नुहोस् । 

  • त्यसपछि तल बाँयापट्टि रहेको मेन्युबारमा ट्याप गर्नुहोस् । 

  • अनि ‘फाइनान्स ३६०’ को अप्सनमा ट्याप गर्नुहोस् । 

      

अब त्यहाँ देखिएका विभिन्न अप्सन र तीनको कामको चर्चा गरौं । सबैभन्दा माथि रहेको सेट बजेटको अप्सनमा ट्याप गर्नुभयो भने खर्च हुने विभिन्न क्याटेगोरी देख्न सक्नुहुन्छ । घरायसी खर्च, शिक्षा, स्वास्थ्य, वित्तिय सेवा, सरकारी सेवा, मनोरञ्जन, यात्रा, बीमा, मर्मत लगायतका क्याटेगोरी त्यहाँ समावेश छन् । यदि त्यहाँ नभएको क्याटेगोरीमा राख्नुपर्‍यो भने ‘अन्य’ (Others) को अप्सन छानेर रकम राख्न सक्नुहुन्छ । यसरी रकम राखिसकेपछि सेभको बटनमा ट्याप गर्नुपर्छ । 

यसरी क्याटेगोरी अनुसार आफ्नो गोल सेट गर्नुभयो भने ‘फाइनान्स ३६०’ को पेजमा ती सबै सूची देखिन्छन् । त्यसबाट तपाईंको खर्च कति भयो, तपाईंले सेट गरेको गोल कति प्रतिशत पूरा भयो, बढी वा कम भयो भन्ने देखिन्छ । 

एड एक्सपेन्सेसको अप्सनमा गएर तपाईंले इसेवाभन्दा बाहिरबाट भएको खर्च नगद वा अनलाइनको विवरण त्यहाँ राख्न सक्नुहुन्छ । सबैभन्दा माथि रकम राख्ने अप्सन छ । त्यसपछि क्याटेगोरी, तिर्ने तरिका, कारोबार मिति र विवरण राख्न सक्नुहुन्छ । यति गरेपछि अन्तिममा रहेको ‘सेभ’ (सुरक्षित गर्नुहोस्)को बटनमा ट्याप गर्नुभयो भने यो विवरण रेकर्डमा बस्छ । 

अब तपाईंसँग नगद भयो वा इसेवाभन्दा बाहिरका डिजिटल वालेट वा बैंक खातामा रकम छ भने ‘एड इनकम’को अप्सनमा ट्याप गरेर राख्न सकिन्छ । उक्त अप्सनमा ट्याप गरिसकेपछि तल बाँयापट्टि रहेको ‘एड इनकम’ (Add Income) को बटनमा ट्याप गर्नुहोस् र आम्दानी रकम, त्यसको स्रोत, मिति र विवरण राख्नुहोस् । यति गरेपछि अन्तिममा रहेको ‘सेभ’ (सुरक्षित गर्नुहोस्) को बटनमा ट्याप गर्न सक्नुहुन्छ । यसरी आम्दानी रेकर्ड गर्न सकिन्छ । 

त्यसपछि विविन्न क्याटेगोरी अनुसार खर्च भएको विवरण देखिन्छ । कुन क्याटेगोरीमा कुन सिनमा कति खर्च भयो भन्ने पनि हेर्न सकिन्छ । 

  

त्यसभन्दा तल ‘एक्सपेन्स ट्रेन्ड’ मा खर्च र आम्दानीको ट्रेन्ड हेर्न सकिन्छ । खर्च कति भयो, आम्दानी कति भयो, बढी खर्च भइरहेको छ वा बढी आम्दानी भइरहेको छ भन्नेपनि त्यही सेक्सनबाट हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: पुस १६, २०८२ १९:९