close

राष्ट्रपति निकोलस मदुरो पक्राउ परेपछि भेनेजुएलामा निःशुल्क इन्टरनेट दिँदै एलन मस्क

टेकपाना टेकपाना

पुस २०, २०८२ १२:३१

राष्ट्रपति निकोलस मदुरो पक्राउ परेपछि भेनेजुएलामा निःशुल्क इन्टरनेट दिँदै एलन मस्क

काठमाडौँ । स्याटलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी ‘स्टारलिङ्क’ले भेनेजुएलामा सीमित अवधिका लागि नि:शुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । भेनेजुएलामा विकसित तीव्र राजनीतिक घटनाक्रमका बीच आइतबार विश्व धनाढ्य मस्कको कम्पनीले यस्तो घोषणा गरेको हो । 

“इन्टरनेट सेवालाई निरन्तरता दिन स्टारलिङ्कले ३ फेब्रुअरीसम्म भेनेजुएलाका नागरिकलाई निःशुल्क ब्रोडब्यान्ड सेवा उपलब्ध गराइरहेको छ,” कम्पनीले एक्स पोस्टमा भनेको छ । मस्कले भेनेजुएलाका नागरिकको समर्थनमा यो सेवा उपलब्ध गराइएको बताएका छन् ।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई शनिबार नियन्त्रणमा लिएको छ । यसपछि सामाजिक सञ्जालका विभिन्न माध्यममा मडुरोलाई हतकडी लगाएका भिडिओ व्यापक रूपमा भाइरल भइरहेका छन् । यही विषम परिस्थितिलाई मध्यनजर गर्दै मस्कको कम्पनीले इन्टरनेट सेवा निःशुल्क दिने घोषणा गरेको हो ।

 

पछिल्लो अध्यावधिक: पुस २०, २०८२ १२:३१