प्रतिनिधि सभा निर्वाचन: अघिल्लो पटक कहाँ कसले जितेका थिए ? हेर्नुहोस् इन्टर्याक्टिभ म्याप
पुस २१, २०८२ १७:५
काठमाडौँ । गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ विद्रोहपश्चात् सिर्जित विशिष्ट परिस्थितिमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ का लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेसँगै मुलुकमा चुनावी माहोल तातेको छ । विभिन्न राजनीतिक दलहरू निर्वाचनको आन्तरिक तयारीमा जुटिरहँदा मतदाताहरूमा पनि आफ्नो निर्वाचन क्षेत्रको विगतको नतिजा र उम्मेदवारहरूबारे चासो बढ्न थालेको छ ।
यसै सन्दर्भलाई मध्यनजर गर्दै ‘टेकपाना’ ले ‘रेटमाईनेता’ नामक प्लेटफर्मसँगको सहकार्यमा एक विशेष ‘इन्टर्याक्टिभ म्याप’ सार्वजनिक गरेको छ । यस म्यापमार्फत गत निर्वाचनमा कुन क्षेत्रबाट कुन पार्टीका उम्मेदवारले कति मत ल्याएर विजयी भएका थिए भन्ने विस्तृत विवरण हेर्न सकिने छ ।
प्रयोगकर्ताले तल देखिएको म्यापमा रहेका विभिन्न जिल्लामा ट्याप गरेर सम्बन्धित निर्वाचन क्षेत्रको नतिजा हेर्न सक्नेछन् । म्यापमा डिफल्ट रूपमा प्रदेश अनुसारको वर्गीकरण गरिएको छ भने तलपट्टि रहेको ‘कलर प्यालेट’ अप्सनमा गएर जनसङ्ख्या, क्षेत्रफल र जनघनत्वका आधारमा समेत जिल्ला वर्गीकरण गरेर विजयी सदस्यको सूची हेर्न सकिन्छ ।
कुनै पनि जिल्लामा ट्याप गरेपछि त्यहाँबाट निर्वाचित प्रतिनिधिको नाम देखिनेछ । उक्त नाममा क्लिक गर्दा सम्बन्धित प्रतिनिधिको छोटो जीवनी देखिन्छ । आगामी निर्वाचनको रणनीति बनाउन र अघिल्लो जनमत बुझ्न यो इन्टर्याक्टिभ म्याप उपयोगी हुन सक्छ ।
पछिल्लो अध्यावधिक: पुस २१, २०८२ १७:५
