काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पब्लिक डिबेटको आह्वानलाई अर्का उम्मेदवार तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले काउन्टर दिएका छन् । केपी शर्मा ओलीको फेसबुक पोस्टमा रिप्लाई मार्फत बालेनले पब्लिक डिबेट गर्न अस्वीकार गरेका हुन् ।
बालेनले लेदेमन छन् । "आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो !," बालेनको आरोप छ, "आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ?? त्योपछि अरू कुरा गरौँला ! उनले ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको आफू पनि त्यसमा सामेल भएको बुझिने भन्दै ओलीसँग डिबेट गर्न अस्वीकार गरेका हुन् ।

शीर्षक परिमार्जन गरिएको छ । -स.
पछिल्लो अध्यावधिक: माघ ११, २०८२ ९:४५
