close

डिशहोमले सुरु गर्‍यो सर्भिस अन डोर, इन्टरनेट प्राविधिकले घरमै पुगेर सेवा दिने

टेकपाना टेकपाना

माघ १९, २०८२ ११:१२

डिशहोमले सुरु गर्‍यो सर्भिस अन डोर, इन्टरनेट प्राविधिकले घरमै पुगेर सेवा दिने

काठमाडौँ । डिशहोम इन्टरनेटले 'सर्भिस अन डोर-सोड' अभियान सुरु गरेको छ । कम्पनीले आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ यो अभियान सार्वजनिक गरेको हो ।

डिशहोमका अनुसार यो अभियान बागमती प्रदेशअन्तर्गत थानकोट र चन्द्रागिरी क्षेत्रबाट १४ माघदेखि सञ्चालनमा ल्याइएको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले डिशहोम इन्टरनेटको सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै, कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्नेछन् । सोड अभियान काठमाडौँ उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा समेत विस्तार गरिने बताइएको छ ।

साथै, यस अभियानमार्फत ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू पनि प्राप्त गर्न सक्नेछन् । डिशहोम इन्टरनेटको हटलाइन नम्बर ९८०१५४४००० मा सम्पर्क गरेर अभियान सम्बन्धी विस्तृत जानकारी लिन सकिने छ । 

 

पछिल्लो अध्यावधिक: माघ १९, २०८२ ११:१२