काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकको न्युज फिडमा समस्या देखिएको छ । बुधबार दिउँसो करिब ३ बजेदेखि एक्कासि न्युज फिड लोड नहुने समस्या देखिएको हो ।
फेसबुकको डेस्कटप एप चलाउँदा Something went wrong भनेर देखाइरहेको छ । त्यसको विवरणमा प्राविधिक कारणले यस किसिमको प्राविधिक त्रुटि देखिएको र त्यसको समाधान गर्ने प्रयास भइरहेको उल्लेख छ ।

त्यस्तै फेसबुकको एन्ड्रोइड एपमा समेत न्युज फिड रिफ्रेश नहुने समस्या रहेको छ । तर आईओएसमा भने सामान्य रूपमा एप चलिरहेको छ । डाउन डिटेक्टरमा समेत प्रयोगकर्ताले फेसबुकमा समस्या देखिएको रिपोर्ट गरिरहेका छन् ।
पछिल्लो अध्यावधिक: माघ २८, २०८२ १५:२५
