close

शार्कट्याङ्क नेपालबाट साढे ३ करोड लगानी जुटाएको ट्यालेन्ट कनेक्ट्सले ल्यायो ‘एचआर सफ्टवेयर’

टेकपाना टेकपाना

फागुन १०, २०८२ १४:१८

शार्कट्याङ्क नेपालबाट साढे ३ करोड लगानी जुटाएको ट्यालेन्ट कनेक्ट्सले ल्यायो ‘एचआर सफ्टवेयर’

काठमाडौँ । एचआर टेक (मानव संशाधन प्रविधि) कम्पनी ट्यालेन्ट कनेक्ट्सले आफ्नो नयाँ एचआर सफ्टवेयर सार्वजनिक गरेको छ । एप्लिकेन्ट ट्रयाकिङ सिस्टम (एटीएस) को सफल कार्यान्वयनपछि कम्पनीले पेरोल, पर्फमेन्स म्यानेजमेन्ट र एचआर अटोमेसन समेटिएको पूर्ण एचआर सोलुसन बजारमा ल्याएको हो ।

कम्पनीले दुई वर्षअघि नेपालमै पहिलो पटक लिङ्क्डइन एकीकृत एटीएस प्रणाली सार्वजनिक गरेको थियो । जसले धेरै संस्थाको विश्वास जितेको थियो ।

एटीएस प्रयोग गरिरहेका कम्पनीहरूले पेरोल र पर्फमेन्स ट्रयाकिङको माग गरेपछि नयाँ एचआर सफ्टवेयर विकास गरिएको ट्यालेन्ट कनेक्ट्सका प्रबन्ध निर्देशक दिवस थापाले जानकारी दिए । उनका अनुसार करिब ६ महिनाको विकास प्रक्रियापछि प्रोडक्ट लाइभ गरिएको हो ।

हाल बजारमा उपलब्ध धेरै एचआर सफ्टवेयरमा फिक्स्ड मोड्युल मात्र हुने र कस्टमाइजेसनको सुविधा सीमित रहने समस्या रहेको कम्पनीको दाबी छ । तर ट्यालेन्ट कनेक्ट्सको एचआर सफ्टवेयर भने देशको कानुनी व्यवस्था र कम्पनीको आन्तरिक नीति अनुसार कस्टमाइज गर्न सकिने बताइएको छ । केपीआई सेट गरेर कर्मचारीको कार्यसम्पादन (पर्फमेन्स) ट्रयाकिङ गर्न सकिने सुविधा पनि यसमा समावेश गरिएको छ ।

यो सफ्टवेयरको मुख्य विशेषता मल्टी कन्ट्री र मल्टी करेन्सी सपोर्ट हो । नेपाल बाहिर सेवा विस्तार गर्न खोजिरहेका कम्पनी वा बहुराष्ट्रिय कम्पनीहरूका लागि यो सोलुसन उपयोगी हुने कम्पनीको विश्वास छ । 

सार्वजनिक भएको अवसरमा कम्पनीले २० प्रतिशत छुट अफर पनि ल्याएको छ । ट्यालेन्ट कनेक्ट्स नेपालसहित अमेरिकामा सञ्चालनमा छ । कम्पनीका सफ्टवेयर र कन्सल्टिङ सेवा नेपाल, अमेरिका, क्यानडा, भारत, बेलायत र बङ्गलादेशका ३०० भन्दा बढी संस्थाले प्रयोग गरिरहेका छन् । कम्पनीले पहिलो सिजनको शार्क ट्याङ्क नेपालबाट ३.५ करोड लगानी समेत जुटाएको थियो ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०८२ १४:१८