काठमाडौँ । लुम्बिनी प्रदेशको दाङ जिल्लामा निर्वाचनको तीन दिन अघिदेखि नै ड्रोन उडानमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङले मङ्गलबार एक सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
२०८२ फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई मध्यनजर गर्दै व्यक्ति वा निकायहरूको अनुमति लिई सञ्चालनमा रहेका ड्रोनहरू निर्वाचनभन्दा ३ दिन अगाडिदेखि निर्वाचन सम्पन्न नहुँदासम्म रोक लगाइएको प्रशासन कार्यालयले जनाएको छ ।
यसको अर्थ जिल्लाभर १८ फागुनदेखि नै ड्रोन उडानमाथि रोक लागेको छ । यो सूचनाको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही हुने कुरा समेत स्पष्ट पारिएको छ ।
पछिल्लो अध्यावधिक: फागुन १३, २०८२ १०:३८
