close

अब नामी ईभीको वारेन्टी विस्तार, अब ब्याट्री र मोटरमा ११ वर्ष वा २ लाख ५० हजार किमिसम्म ढुक्क

टेकपाना टेकपाना

फागुन २१, २०८२ १०:१९

अब नामी ईभीको वारेन्टी विस्तार, अब ब्याट्री र मोटरमा ११ वर्ष वा २ लाख ५० हजार किमिसम्म ढुक्क

काठमाडौँ । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक एमएडब्लू वृद्धि मोटर्स प्रालिले 'एमएडब्लू वृद्धि एक्स्टेन्डेड वारेन्टी कार्यक्रम' सार्वजनिक गरेको छ । कम्पनीले विशेषगरी नामी बक्स र नामी भिगोलाई लक्षित गर्दै यो योजना ल्याएको हो ।

डोङफेङका ईभी सवारी साधनहरूमा ब्याट्री र मोटरमा ८ वर्ष वा २ लाख किलोमिटर (जुन पहिले आउँछ) को स्ट्यान्डर्ड उत्पादक वारेन्टी उपलब्ध छ । तर अब एमएडब्लू वृद्धिको एक्स्टेन्डेड वारेन्टी कार्यक्रम मार्फत ग्राहकहरूले ब्याट्री र मोटरमा कूल ११ वर्ष वा दुई लाख ५० हजार किलोमिटर (जुन पहिले आउँछ) सम्मको वारेन्टी कभरेज प्राप्त गर्नेछन् ।

यसले ईभी स्वामित्वलाई अझ बढी ढुक्क र चिन्तामुक्त बनाउनेछ । यो एक्स्टेन्डेड वारेन्टीले नेपालमा भरपर्दो र ग्राहक-केन्द्रित ईभी इकोसिस्टम निर्माण गर्ने एमएडब्लू वृद्धिको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको भनाई छ ।

"हाम्रो हरेक कार्यको केन्द्रमा ग्राहकहरू हुनुहुन्छ," एमएडब्लू वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, "यो एक्स्टेन्डेड वारेन्टी नामीका ग्राहकहरूका लागि थप मानसिक शान्ति, स्वामित्वको आत्मविश्वास र सुरक्षित ईभी अनुभव सुनिश्चित गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम हो ।"

डोङफेङ मोटर कर्पोरेसन चीनको प्रतिष्ठित बिग फोर सरकारी स्वामित्वका अटोमोबाइल निर्माताहरू मध्ये एक हो । सन् १९६९ मा स्थापना भएको यो कम्पनीसँग पाँच दशकभन्दा बढीको उद्योग अनुभव छ ।

'गुणस्तर, बौद्धिकता र सद्‍भाव'को मूल मान्यताबाट निर्देशित डोङफेङले विश्वका १०० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ । डोङफेङ फर्च्युन ग्लोबल ५०० कम्पनीको रूपमा समेत चिनिन्छ ।

ग्राहकहरूले एमएडब्लू वृद्धि एक्स्टेन्डेड वारेन्टी कार्यक्रमका लागि डोङफेङ नेपालको आधिकारिक वेबसाइट मार्फत दर्ता गर्न सक्नेछन् ।

 

पछिल्लो अध्यावधिक: फागुन २१, २०८२ १०:१९