close

भावी प्रधानमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गर्दै बालेनले अपडेट गरे नयाँ ईमेल एड्रेस ‘बालेन फर पीएम नेपाल’

टेकपाना टेकपाना

फागुन २९, २०८२ १४:९

भावी प्रधानमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गर्दै बालेनले अपडेट गरे नयाँ ईमेल एड्रेस ‘बालेन फर पीएम नेपाल’

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो फेसबुकमा राखेको ईमेल ठेगाना परिवर्तन गरेका छन् । आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै उनले फेसबुकमा नयाँ ईमेल एड्रेस ‘बालेन फर पीएम नेपाल’ अपडेट गरेका हुन् । 

३८ लाख फलोअर रहेको बालेनको भेरिफाइड पेजमा हाल ‘[email protected]’ ईमेल ठेगाना देखिएको छ । फेसबुक पेजको ‘about’ मा क्लिक गरेर ‘Contact and basic info’ मा उक्त ईमेल ठेगाना देख्न सकिन्छ । 

 

काठमाडौँ महानगरपालिकाको मेयर पदमा रहेको बेलामा बालेनको फेसबुक पेजमा ‘[email protected]’  ईमेल ठेगाना सहजै देख्न सकिने गरि राखिएको थियो । टेकपानाले २ नोभेम्बर २०२५ मा आर्काइभ गरेको बालेनको फेसबुक पेजमा उक्त विवरण देख्न सकिन्छ । 

त्यसबेला फेसबुक पेज खोल्ने बितिकै ‘Intro’ सेक्सनमा सम्पर्क विवरण र ईमेल ठेगाना राखेका थिए । अहिले भने पेजको ‘Intro’ सेक्सनबाट पुरानो ईमेल ठेगाना हटाएर युट्युब च्यानलको लिङ्क राखिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०८२ १४:१३