close

बिचौलिया पक्राउ पर्न थालेसँगै स्पष्टता नभएको भन्दै इसेवा र खल्तीको ब्लुबुक रिन्यु सेवा बन्द

टेकपाना टेकपाना

चैत २४, २०८२ ९:९

बिचौलिया पक्राउ पर्न थालेसँगै स्पष्टता नभएको भन्दै इसेवा र खल्तीको ब्लुबुक रिन्यु सेवा बन्द

काठमाडौँ । प्रहरीले सरकारी कार्यालयहरूमा बिचौलियालाई निषेध गरेसँगै डिजिटल वालेटहरू खल्ती र इसेवाले दिँदै आएको ब्लुबुक रिन्यु सेवा बन्द भएको छ । दुबै कम्पनीले सूचना जारी गर्दै हाललाई यो सेवा उपलब्ध नरहेको जानकारी गराएका हुन् ।

विगत केही वर्षदेखि खल्ती र इसेवाले ब्लुबुक रिन्युसँगै त्यसको पिकअप र ड्रपसम्मको सेवा दिँदै आएका थिए । दुवै कम्पनीले यो सेवा उपलब्ध गराउने कार्यमा स्पष्टता नभएकाले रोक्नु परेको बताएका छन् ।

एक वालेटका प्रतिनिधिले टेकपानासँग कुरा गर्दै आफ्नो ब्लुबुक रिन्यु तथा होम पिकअप एन्ड ड्रप सेवा ग्राहकले निकै रुचाएको सुनाए । तर यो सेवालाई पुनः निरन्तरता दिनका लागि आफूहरूले सरकारबाट स्पष्टता चाहेको उनको भनाई छ ।

"हामीले सेवाग्राहीलाई कुनै समस्या वा व्यवधान खडा गर्न नभएर सहजता र सहायताका लागि यो सेवा सुरु गरेका हौँ," उनले भने, "तर स्पष्टता नभएको कारणले हामी हाम्रा कर्मचारीहरूलाई जोखिममा पार्न चाहँदैनौँ । हामीले 'बिचौलिया' भन्दा भिन्न किसिमको सेवा दिदै आइरहेका छौँ । त्यसैले यस विषयमा स्पष्टता नभएसम्मका लागि सेवा स्थगन गर्ने निर्णय लिएका हौँ ।"

पछिल्लो अध्यावधिक: चैत २४, २०८२ १५:५८