काठमाडौँ । मोबाइल तथा कन्जुमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई सम्मान गर्दै 'सपनादेखि सम्भावनासम्म' नामक नयाँ अभियान घोषणा गरेको छ । यस अभियानले परिवार र देशको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई विशेष प्राथमिकता दिएको छ ।
कम्पनीले रेमिटेन्समा निर्भर परिवारहरूलाई लक्षित गर्दै यो विशेष पहल सुरु गरेको हो । यो अफर आगामी २४ अप्रिलदेखि उपलब्ध हुनेछ ।
योजनाअन्तर्गत सामसङका उत्पादन खरिद गर्दा एनसेल रिचार्जमा बोनस डेटा, २४ महिनासम्मको सजिलो ईएमआई सुविधा र खल्ती मार्फत भुक्तानी गर्दा क्याशब्याक प्राप्त गर्न सकिनेछ ।
यी सुविधाहरू उपलब्ध गराउन सामसङले आईएमई रेमिट, एनसेल, खल्ती र हुलास फिन सर्भसँग सहकार्य गरेको छ । यो अफर विशेष गरी विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूलाई लक्षित गरी ल्याइएको हो । कम्पनीले आफ्ना एआईमा आधारित डिभाइसहरू मार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारको दैनिक जीवनलाई थप स्मार्ट, कनेक्टेड र अर्थपूर्ण बनाउने लक्ष्य कम्पनीले राखेको छ ।
सामसङले यस अभियानमार्फत दीर्घकालीन विश्वसनीयता र वारेन्टीका लागि ग्राहकहरूलाई आधिकारिक उत्पादन मात्र छनोट गर्न समेत आग्रह गरेको छ । यस पहलले रेमिटेन्समा आधारित परिवारहरूलाई थप मूल्य र सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ६, २०८३ १७:५३
