close

आफ्नै प्रतिद्वन्द्वी एआई स्टार्टअप एन्थ्रोपिकमा ४० अर्ब डलरसम्म लगानी गर्दै गुगल

टेकपाना टेकपाना

बैशाख १२, २०८३ १८:२२

आफ्नै प्रतिद्वन्द्वी एआई स्टार्टअप एन्थ्रोपिकमा ४० अर्ब डलरसम्म लगानी गर्दै गुगल

काठमाडौँ । गुगलको मातृ कम्पनी अल्फाबेटले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप एन्थ्रोपिकमा ४० अर्ब डलरसम्म लगानी गर्ने भएको छ । विश्वव्यापी एआई दौडमा आफ्नो प्रतिस्पर्धीसमेत रहेको यस स्टार्टअपमा कम्पनीले ठुलो लगानीको घोषणा गरेको हो ।

एन्थ्रोपिकका अनुसार गुगलले कम्पनीको कम्प्युटिङ क्षमता विस्तारमा सघाउन ३५० अर्ब डलरको मूल्यांकनमा तत्काल १० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । ‘क्लाउड’ एआई मोडेलको निर्माता रहेको यस कम्पनीले तोकिएको कार्यसम्पादन लक्ष्य पूरा गरेको खण्डमा गुगलले थप ३० अर्ब डलर लगानी गर्नेछ ।

केही दिनअघि मात्र ईकमर्स प्लेटफर्म अमेजनले एन्थ्रोपिकमा २५ अर्ब डलरसम्म लगानी गर्ने घोषणा गरेको थियो । त्यसको केही समयमै गुगलले यति ठुलो लगानीको प्रतिबद्धता व्यक्त गरेको छ । एआईको भिडभाडयुक्त बजारमा एन्थ्रोपिकले आफ्नो मोडेललाई विशेषगरी ‘कोडिङ’ तालिममा केन्द्रित गरेर छुट्टै पहिचान बनाउन सफल भएको छ ।

पछिल्लो समय सफ्टवेयर डेभलपरमाझ एन्थ्रोपिकको ‘क्लाउड कोड’ टुल चर्चित बन्दै गएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८३ १९:२१