१० हजार विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र एआईमा आधारित सिकाइ प्रणाली सुरु गरिने
बैशाख २८, २०८३ १७:३
काठमाडौँ । सरकारले ई-लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री, कृत्रिम बुद्धिमता (एआई) आधारित सिकाइ प्रणाली विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी गराएका छन् ।
१० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र एआईमा आधारित सिकाइ प्रणाली विस्तार गरिने पनि राष्ट्रपति पौडेलले जानकारी गराएका छन् ।
साथै, उच्च शिक्षालाई श्रम बजारसँग आवद्ध गराउँदै विश्वविद्यालयको प्राज्ञिक तथा शासकीय पुनर्संरचना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ १७:३
