काठमाडौँ । नेपाल सरकारका सबैजसो वेबसाइटहरू डाउन भएका छन् ।
सोमबार डट जीओभी डट एनपी डोमेन रहेका मन्त्रालयदेखि विभाग र प्राधिकरणहरूका वेबसाइट खुल्न छोडेका हुन् ।
सरकारी वेबसाइट डाउन हुनुको कारण भने स्पष्ट भइसकेको छैन ।
प्रयोगकर्ताले त्यस्ता साइटहरू खोल्दा "दिस साइट कान्ट बि रिच्ड" भन्ने नोटिफिकेसन देखिने गरेको छ ।
एकीकृत डेटा व्यवस्थापन केन्द्र (आईडीएमसी) ले यस समस्याका बारेमा अध्ययन भइरहेको जानकारी दिएको छ ।
अपडेट: सरकारी वेबसाइट नचल्ने समस्या समाधान भएको छ । तर आईडीएमसीले समस्याको यकिन कारण भने खुलाएको छैन ।
पछिल्लो अध्यावधिक: जेठ ४, २०८३ १६:९
