क्यान महासंघको अध्यक्षबाट सुनैनाले दिइन् राजीनामा, चिरञ्जीवीलाई कार्यवाहकको जिम्मेवारी
जेठ ८, २०८३ १४:२६
काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले राजीनामा दिएकी छन् । क्यानको १५औं महाधिवेशनबाट निर्वाचित पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएकी हुन् ।
उनी पुस २०८१ मा क्यान महासंघको इतिहासमै पहिलो महिला अध्यक्षका रूपमा चुनिएकी थिइन् । करिब ८ महिना कार्यकाल छँदै अध्यक्षले राजीनामा दिएपछि कार्यवाहकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले पाएका छन् ।
राजीनामा दिने क्रममा पाण्डेले कार्यव्यस्तता र पारिवारिक जिम्मेवारीका कारण क्यानमा समय दिन नपाएको उल्लेख गरेकी छन् । यद्यपि, क्यानभित्र केही पदाधिकारीसँगको समन्वय र नीतिगत विषयमा समेत उनको लामो समयदेखि मतभेद रहँदै आएको थियो ।
पछिल्लो अध्यावधिक: जेठ ८, २०८३ १४:२६
