कलेज पढ्दा-पढ्दै विद्यार्थीले बनाए 'वार्ता एआई', १० घण्टाको काम ४० मिनेटमै
असार १७, २०८३ १२:५९
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजको गेटबाट भित्र छिर्दा कुनै आईटी कम्पनीमा प्रवेश गरे झैं भान हुन्छ । ‘प्लस टु’ को नतिजापछि आईटी पढ्ने सोचमा हुनुहुन्छ भने यो सामग्री तपाईंका लागि हो ।
कलेजभित्र प्रवेश गर्ने बित्तिकै अफिस अफ इन्कुबेसन एण्ड इनोभेसन छ, जहाँ विद्यार्थीहरू आफ्ना आइडिया लिएर आउँछन् र कलेजले उनीहरूलाई मेन्टरशिपदेखि सिड फन्डिङ (Seed Funding) सम्मको व्यवस्था गर्छ । विगत दुई वर्षमा कलेजले ४-५ वटा विद्यार्थी समूहलाई सिड फन्डिङ गरिसकेको छ ।
यही इकोसिस्टमबाट जन्मिएको एउटा सफल प्रोडक्ट हो- 'वार्ता एआई' (Varta AI) । कलेजका कर्मचारीलाई म्यानुअल्ली कल गर्न दिनको १० घण्टा लाग्ने गरेकोमा, छैटौं सेमेस्टरका विद्यार्थी विपिन पाण्डे र उनको टिमले बनाएको यो एआईले १० घण्टाको कामलाई ३० देखि ४० मिनेटमै सकाइदिन्छ । यसैगरी, अर्की विद्यार्थी स्वर्णिमा गन्जाकारले सैलुन र ट्याटु इन्डस्ट्रीका लागि ‘सिटिकल’ नामक इन्टरप्राइज र मार्केटप्लेस सिस्टम बनाएर लन्च गर्ने तयारीमा छिन् ।
काउन्सिलिङका लागि फ्युचर हब र साथीसँग सिक्न लर्निङ हब
अलि अगाडि बढेपछि एकदमै फरक र 'कोजी' सेटअप भएको कोठा देखिन्छ- 'फ्युचर हब' । विद्यार्थीहरूलाई कुनै पनि समस्या पर्दा फर्मल इन्टरभ्यु जस्तो नभई इन्फर्मल तरिकाले अभिभावक जसरी काउन्सिलिङ गर्न यो हब बनाइएको हो । त्यस्तै, साथीभाइ मिलेर आइडिया शेयर गर्दै सिक्नका लागि कलेजको हरेक ब्लकमा 'लर्निङ हब' को व्यवस्था छ ।

नन-क्रेडिट कोर्ष र ग्लोबल सर्टिफिकेसन
कलेजका भाइस प्रिन्सिपल विजयबाबु रेग्मीका अनुसार विद्यार्थीलाई पहिलो सेमेस्टरदेखि नै साइबर सेक्युरिटी, एआई र डेभअप्स जस्ता नन-क्रेडिट कोर्सहरू पढाउने गरिएको छ ।
विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारका लागि तयार पार्न कलेजले एडब्लूएस (AWS) एकेडेमी, ओराकल (Oracle) एकेडेमी, कम्टिया (CompTIA) र माइक्रोसफ्ट जस्ता ग्लोबल टेक कम्पनीहरूसँग इन्स्टिच्युसनल पार्टनरशिप गरेको छ । इन्डस्ट्री र एकेडेमियाको ग्याप कम गर्न ३० देखि ३५ वटा आईटी कम्पनीहरूसँग एमओयू गरिएको छ, जसअन्तर्गत कम्पनीकै टिम आएर दोस्रो, तेस्रो र चौथो सेमेस्टरमा विद्यार्थीलाई पढाउने र प्रोजेक्ट गराउने गर्छन् ।
रोबोटिक्स वर्कशप: १० किलो बोक्ने ड्रोन र प्रोजेक्ट आरम्भ
कलेजमा छुट्टै रोबोटिक्स ल्याब छ । जुन एउटा वर्कशप जस्तो देखिन्छ । यहाँ विद्यार्थीहरू 'प्रोजेक्ट आरम्भ' अन्तर्गत 'इनमुभ (InMoov)' नामक ओपन सोर्स फुल बडी ह्युमन रोबोट बनाइरहेका छन् । रोबोटका शरीरका अङ्गहरू कलेजकै थ्रीडी प्रिन्टरबाट निकालिएका हुन् र यो प्रोजेक्टले पूर्णता पाउन अझै केही महिना लाग्नेछ । यसबाहेक, १० किलोसम्म तौल बोकेर उड्न सक्ने ड्रोन पनि यहीँ निर्माण भइरहेको छ । सँगै रहेको 'डिजिटल डेन' (Digital Den) ल्याबमा विद्यार्थीले एआई र क्लाउडका ठुला प्रोजेक्ट गर्न २४ सै घण्टा चल्ने जीपीयू शेयर्ड इन्फ्रास्ट्रक्चरको सुविधा पाउँछन् ।

सीईओको सन्देश: सर्टिफिकेटका लागि मात्र नपढ्नुस्
कलेजका सीईओ आशिष प्रसाईंका अनुसार कलेजले १०० जना विद्यार्थीका लागि स्कलरशिप खुलाएको छ, जसमध्ये केहीले शतप्रतिशत (फुल्ली फन्डेड) छात्रवृत्ति पाउनेछन् ।
भविष्यमा आईटी पढ्न चाहने विद्यार्थीलाई सीईओ आशिषको विशेष सुझाव छ, "नेपालको आईटी इन्डस्ट्रीमा अहिले १ लाख जनशक्ति कार्यरत छन्, आगामी ४-५ वर्षमा यो सङ्ख्या ३ लाख पुग्नेछ । त्यसैले सर्टिफिकेटका लागि मात्र आईटी नपढ्नुस् । अप-टु-डेट कोर्स, स्किल ट्रेनिङ र ग्लोबल सर्टिफिकेसनमा फोकस गर्नुभयो भने मात्र यो भिडमा आफूलाई अब्बल साबित गर्न सक्नुहुन्छ ।"
थ्योरीदेखि प्राक्टिकल र आइडियादेखि स्टार्टअपसम्मको उत्कृष्ट माहोल रहेको र आईटी शिक्षामा एउटा नयाँ बेन्चमार्क सेट गरिरहेको टेकस्पायर कलेजको भिडिओ युट्युबमा हेर्न सक्नु हुन्छ ।
पछिल्लो अध्यावधिक: असार १७, २०८३ १२:५९
