close

टेरामक्स प्रकरणः पूर्वअध्यक्ष झासहित ३ जना दोषी, पूर्वसञ्चारमन्त्री बस्नेतसहितले पाए सफाई

टेकपाना टेकपाना

असार २२, २०८३ २१:०

टेरामक्स प्रकरणः पूर्वअध्यक्ष झासहित ३ जना दोषी, पूर्वसञ्चारमन्त्री बस्नेतसहितले पाए सफाई

काठमाडौं । टेरामक्स भ्रष्टाचार प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित ३ जना दोषी ठहर भएका छन् । विशेष अदालतले झासहित प्राधिकरणका तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो । यता, कांग्रेस नेता तथा पूर्वसञ्चारमन्त्री मोहन बहादुर बस्नेतसहित अन्यले भने अदालतबाट सफाइ पाएका छन् । 

अदालतले दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालसहित कर्मचारीहरू अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, विजयकुमार राय, रेवतीराम पन्थ, दिपेश आचार्य, दिपेश आचार्य, सुरेश बस्नेत, हिरण्यप्रसाद वस्ताकोटी र संदिप अधिकारीलाई सफाइ दिएको छ ।

यस्तै, अदालतले भ्यानराइस सोलुसन्स एसएएल (अफसोर) नामक आपूर्तिकर्ता र त्यसका प्रमुख कार्यकारी अधिकृत जमल अनोटी, भ्यानराइसको स्थानीय एजेन्ट ट्रेडलिंक प्रालि तथा यसका अध्यक्ष दीलिपकुमार गुरुङलाई पनि सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध १ जेठ २०८२ मा मुद्दा दायर भएको थियो ।

पछिल्लो अध्यावधिक: असार २२, २०८३ २२:५१