close

एआई लाइभ ट्रान्सलेटर फिचरसहित रियलमीका नयाँ इयरबड्स र ११ हजार पर्ने स्मार्ट वाच नेपाली बजारमा

टेकपाना टेकपाना

साउन १०, २०८३ ९:३

एआई लाइभ ट्रान्सलेटर फिचरसहित रियलमीका नयाँ इयरबड्स र ११ हजार पर्ने स्मार्ट वाच नेपाली बजारमा

काठमाडौँ । चिनियाँ प्रविधि ब्रान्ड रियलमीले नेपाली बजारमा आफ्नो एआईओटी इकोसिस्टमलाई थप सुदृढ बनाउँदै नयाँ स्मार्ट वेयरेबल उपकरणहरू सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूलाई उत्कृष्ट अडियो र आधुनिक प्रविधिसँग जोडिएको जीवनशैलीको अनुभव प्रदान गर्न डिजाइन गरिएका यी नयाँ उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराइएको हो ।

कम्पनीले विभिन्न मूल्य दायरामा उत्कृष्ट विकल्पहरू प्रदान गर्दै रियलमी बड्स टी-१००, बड्स टी-२००, बड्स टी-५०० प्रो र रियलमी वाच डब्लू-५ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

रियलमी बड्स टी-१००

दैनिक प्रयोगका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको रियलमी बड्स टी-१०० मा शक्तिशाली ध्वनिका लागि १० एमएमको डाइनामिक बेस ड्राइभर राखिएको छ । उत्कृष्ट वायरलेस कनेक्टिभिटीका लागि ब्लुटुथ ५.३ प्रविधि रहेको यस इयरबड्समा फोन कल गर्दा स्पष्ट आवाजका लागि एआई नोइज क्यान्सिलेसनको सुविधा छ ।

पानी र पसिनाबाट सुरक्षित राख्न यसमा आईपीएक्स-५ रेटिङ दिइएको छ । टाइप-सी चार्जिङ पोर्ट रहेको यस बड्सले ब्याट्री लाइफको मामिलामा कूल २८ घण्टासम्मको प्लेब्याक समय प्रदान गर्ने कम्पनीको दाबी छ । कालो रङमा उपलब्ध यो इयरबड्सको नेपाली बजार मूल्य २,४९९ रुपैयाँ तोकिएको छ ।

रियलमी बड्स टी-२००

अझ उत्कृष्ट र इमर्सिभ अडियो अनुभव चाहने प्रयोगकर्ताहरूका लागि रियलमी बड्स टी-२०० सार्वजनिक गरिएको छ । यस इयरबड्समा हाई-रेज अडियो सपोर्ट सहितको १२.४ एमएम डाइनामिक बेस ड्राइभर जडान गरिएको छ । बाहिरी होहल्लालाई कम गर्न यसमा एक्टिभ नोइज क्यान्सिलेसन (ANC) फिचर दिइएको छ भने बलियो कनेक्टिभिटीका लागि ब्लुटुथ ५.४ रहेको छ ।

सहज नियन्त्रणका लागि टच कन्ट्रोल, पानी तथा पसिना प्रतिरोधी क्षमताका लागि आईपी-५५ रेटिङ रहेको यस बड्सले एक पटकको चार्जमा १० घण्टासम्मको प्लेब्याक समय दिने बताइएको छ । हरियो रङमा उपलब्ध यस बड्सको बजार मूल्य ४,४९९ रुपैयाँ रहेको छ ।

रियलमी बड्स टी-५०० प्रो

प्रिमियम अडियो प्रस्तुति र इन्टेलिजेन्ट सुविधाहरू खोज्ने प्रयोगकर्ताहरूलाई लक्षित गरी रियलमी बड्स टी-५०० प्रो बजारमा ल्याइएको हो । यसमा १२.४ एमएमको टाइटेनियम-प्लेटेड डाइनामिक ड्राइभर, ब्लुटुथ ६.१ र एक्टिभ नोइज क्यान्सिलेसन प्रविधि समावेश छ ।

जसले प्रयोगकर्तालाई उत्कृष्ट ध्वनि गुणस्तर प्रदान गर्दछ । कम्पनीका अनुसार यो इयरबड्सले १३.५ घण्टासम्मको प्लेब्याक समय दिन्छ । यस डिभाइसको मुख्य विशेषता भनेको यसमा एकीकृत गरिएको एआई लाइभ ट्रान्सलेटर र एआई फेस-टु-फेस ट्रान्सलेटर हो । जसले फरक-फरक भाषा बोल्ने व्यक्तिहरूबिचको सञ्चारलाई अत्यन्तै सहज र सुविधाजनक बनाउँछ । कालो रङमा उपलब्ध यस इयरबड्सको मूल्य ७,४९९ रुपैयाँ तोकिएको छ ।

रियलमी वाच डब्लू-५

यस नयाँ वेयरेबल लाइनअपलाई पूर्णता दिन कम्पनीले रियलमी वाच डब्लू-५ स्मार्टवाच पनि नेपाली बजारमा ल्याएको छ । यस स्मार्टवाचमा १.९७ इन्चको एमोलेड टचस्क्रिन डिस्प्ले, रियल-टाइम स्वास्थ्य अनुगमन (real-time health monitoring) र स्मार्ट कनेक्टिभिटीका विभिन्न सुविधाहरू उपलब्ध छन् ।

ब्याट्री लाइफको कुरा गर्दा, सामान्य प्रयोगमा यसले १४ दिनसम्मको ब्याट्री ब्याकअप प्रदान गर्ने बताइएको छ । आईओएस ११ र एन्ड्रोइड ९.० वा सोभन्दा माथिका अपरेटिङ सिस्टमसँग सहजै कनेक्सन गर्न मिल्ने यो स्मार्टवाच कालो रङमा उपलब्ध छ । यसको मूल्य १०,९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८३ ९:३