close

वानप्लस सेभेन टी प्रो नेपालमा, मूल्य एक लाख

टेकपाना टेकपाना

मंसिर १६, २०७६ ११:५५

वानप्लस सेभेन टी प्रो नेपालमा, मूल्य एक लाख

वानप्लसको फ्ल्यागसीप स्मार्टफोन ‘वानप्लस सेभेन टी प्रो’ नेपाली बजारमा सार्वजनिक भएको छ । ६.६७ इञ्च कर्निङ गोरिल्ला ग्लास युक्त फ्ल्यिुड एमलोड डिस्प्ले भएको स्मार्टफोन भर्खरै नेपाली बजारमा सार्वजनिक भएको हो ।

फोनमा स्न्यापड्रयागन ८५५ अक्टा कोर प्रोसेसर राखिएको छ । ७ एनएम एन्डरोनो ६४० चिपसेट रहेको फोनमा एन्ड्रोइड १०.० र अक्सिजन ओएस १०.०.४ रहेको छ । वानप्लस सेभेन टी प्रोमा स्टोरेजका लागि दुई सय ५६ जीबी यूएफएस ३.० स्टोरेज र ८ जीबी एलपीडीडीआरफोरएक्स र्‍याम रहेको छ ।

मोटोराइज्ड पप अप १६ एमपी फ्रन्ट क्यामेरा रहेको फोनमा ४८ मेगा पिक्सेलको मूख्य क्यामेरा राखिएको छ । त्यसका साथै १६ एमपी अल्ट्रावाईड, ८ एमपी, तीन गुणा अप्टिकल जुम, पीडीएएफ, लेजर एएफ, ओआईएस डुअल एलईडी फ्ल्यास, एचडीआर र पानारोमा जस्ता विशेषता समेत यसमा रहेका छन् ।

यसैगरी सुरक्षालाई मध्यनजर गर्दै वानप्लस सेभेन टी प्रो मा ०.२८ सेकेण्डको फेस अनलक र अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट रहेको छ । फोनमा ४ हजार ८५ एमएएच क्षमताको ब्याट्री रहेको छ । नेपाली बजारमा यसको मूल्य ९९ हजार नौं सय ९९ रुपैंया रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३