close

एप्पलका सीईओ टिम कुकले पाए झण्डै ८९ अर्ब बोनस

टेकपाना टेकपाना

भदौ १२, २०७८ १५:४४

एप्पलका सीईओ टिम कुकले पाए झण्डै ८९ अर्ब बोनस

काठमाडौं । एप्पलका सीईओ टिम कुकले यस हप्ता अधिकांश शेयर ७५० मिलियन डलरभन्दा बढीमा बेचेर एप्पल स्टकको ५० लाख शेयर पाएका छन् ।

एप्पलमा सीईओका रूपमा काम गरेको १० वर्ष पुगेको अवसरमा कुकले ७५ करोड अमेरिकी डलर अर्थात ८८ अर्ब ८६ करोड रुपियाँ बोनस पाएका छन् ।

यो हप्ता उनले अर्बौं डलरको एप्पलको स्टक खरिद र बिक्रीमा नै बिताए । एप्पल कारोबारको एक रिपोर्टका अनुसार कुकले आईफोन निर्माताको ५० लाखभन्दा बढी शेयरहरु अधिग्रहण गरी बेचेका थिए ।

संसारको सबैभन्दा मूल्यवान कम्पनीको सीईओको रूपमा कुकले पछिल्ला केही वर्षमा धेरै शेयर पुरस्कार प्राप्त गरेका छन् ।

रिपोर्टका अनुसार तीमध्ये एउटा बोनसचाहिँ एस एण्ड पी को ५०० ठूला कम्पनीहरूबीच गरिने मूल्याङ्कनमा एप्पलको विगत तीन वर्षदेखिको पर्फर्मेन्सको आधारमा थियो ।

सन् २०१८ को अगस्टदेखि २०२१ को अगस्टसम्म शेयरधनीहरूका लागि नाफा कमाएर कम्पनी स्टकको शीर्ष स्थानमा रहन सफल भएको छ ।

एप्पल विश्वकै धेरै मूल्यवान् कम्पनी हो, जसको बजार पुँजीकरण मूल्य नै २४ खर्ब अमेरिकी डलर छ । यो वर्षमात्रै एप्पलको स्टक ११ प्रतिशतले बढेको थियो ।

गत वर्षमात्र अर्बपतिको सूचीमा आधिकारिक रुपमा गाभिएका कुकको करिब एक अर्ब ५० करोड अमेरिकी डलरको सम्पत्ति रहेको ब्लुम्बर्ग बिलिनियर इन्डेक्सले जनाएको छ ।

कुकले सन् १९९८ बाट एप्पलमा काम गर्न सुरु गरेका हुन् । हालको सीईओको पदमा आउनुभन्दा अगाडि उनले अन्य थुप्रै पदमा रहेर काम गरे । सन् २०११ को अगस्टमा भने उनलाई सीईओको पद दिइएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१