काठमाडौं । अब सामाजिक सञ्जाल ट्वीटरबाट नेपाल राष्ट्र बैंकका गतिविधि थाहा पाउन सकिने भएको छ । बैंक तथा वित्तीय संस्थाको नियन्त्रण र नियमनका लागि केन्द्रीय बैंकको रुपमा रहेको राष्ट्र बैंकले ट्वीटरबाटै अपडेट दिन थालेको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सामाजिक सञ्जालसम्बन्धी नीति पारित भएसँगै राष्ट्र बैंकको ट्वीटर अकाउन्ट खोलिएको बताउँदै यसबाट सूचना सम्प्रेषण तथा पृष्ठपोषणमा सहयोग मिल्ने अपेक्षा गरेका छन् ।
यसअघि राष्ट्र बैंकको नाममा नक्कली सोसल मिडिया अकाउन्ट बनाएर भ्रमपूर्ण सूचना फैलाएको गुनासो आएका थिए ।
हालै राष्ट्र बैंकको नाममा आधिकारिक ट्वीटर अकाउन्ट सञ्चालनमा आएपनि फेसबुकमा भने बैंकको उपस्थिति छैन ।
राष्ट्र बैंकले यसअघि गत असारमा मोबाइल एप सार्वजनिक गरेको थियो । त्यस्तै सेवाग्राहीका लागि अनलाइनबाटै गुनासो टिपाउने व्यवस्था समेत गरिएको छ ।
सामाजिक संजाल सम्बन्धि नीति पारित भएसंगै नेपाल राष्ट्र बैंकको Twitter account @NepalRastraBank खोलिएको छ, यसबाट सूचना संप्रेषण तथा पृष्ठपोषणमा सहयोग मिल्ने अपे़क्षा गरिएको छ । pic.twitter.com/OZCsxDr7G9