close

राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज सञ्चालनमा

टेकपाना टेकपाना

भदौ २१, २०७८ १५:४६

राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज सञ्चालनमा

काठमाडौं । अब सामाजिक सञ्जाल फेसबुकबाट नेपाल राष्ट्र बैंकका गतिविधि थाहा पाउन सकिने भएको छ ।

बैंक तथा वित्तीय संस्थाको नियन्त्रण र नियमनका लागि केन्द्रीय बैंकको रुपमा रहेको राष्ट्र बैंकले हालै आफ्नो आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याएको छ ।

बैंकसँग सम्बन्धित सूचना/जानकारीसँगै वित्तीय चेतना अभिवृद्धिलाई प्रवर्द्धन गर्ने सामग्रीहरु फेसबुक पेजमार्फत सम्प्रेषण गर्दै लगिने राष्ट्र बैंकले जनाएकाे छ ।

केही दिनअघि मात्र राष्ट्र बैंकको आधिकारिक ट्वीटर अकाउन्ट पनि सञ्चालनमा आएको छ ।

बैंकका गभर्नर महाप्रसाद अधिकारीले सामाजिक सञ्जालसम्बन्धी नीति पारित भएसँगै राष्ट्र बैंकको सोसल मिडिया अकाउन्ट खोलिएको बताउँदै यसबाट सूचना सम्प्रेषण तथा पृष्ठपोषणमा सहयोग मिल्ने अपेक्षा गरेका छन् ।

यसअघि राष्ट्र बैंकको नाममा नक्कली सोसल मिडिया अकाउन्ट बनाएर भ्रमपूर्ण सूचना फैलाएको गुनासो आएका थिए ।

राष्ट्र बैंकले यसअघि गत असारमा मोबाइल एप सार्वजनिक गरेको थियो । त्यस्तै सेवाग्राहीका लागि अनलाइनबाटै गुनासो टिपाउने व्यवस्था समेत गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३