close

अफ्रिकाको मोबाइल वालेट एम-पेसाका सक्रिय प्रयोगकर्ता ५ करोड नाघे

टेकपाना टेकपाना

भदौ २३, २०७८ २०:५८

अफ्रिकाको मोबाइल वालेट एम-पेसाका सक्रिय प्रयोगकर्ता ५ करोड नाघे

काठमाडौं । अफ्रिकी मुलुकमा डिजिटल कारोबारको माध्यमको रुपमा परिचित एम-पेसाका सक्रिय प्रयोगकर्ता पाँच करोड नाघेका छन् ।

भोडाफोन अफ्रिकाको लगानी भित्रिएसँगै कम्पनीले अफ्रिकी महादेशमा आफ्नो सेवा विस्तार गरिरहेको छ । जसको प्रतिफल कम्पनीका सक्रिय प्रयाेगकर्ता पाँच करोड नाघेका हुन् ।

एम-पेसा हाल केन्याको सफारीकम र दक्षिण अफ्रिकाको भोडाफोन कम्पनीको लगानी छ । उनीहरूले यूकेमा रहेको प्यारेन्ट कम्पनी भोडाफोन पीएलसीसँग एम-पेसा ब्राण्ड र प्लेटफर्म खरिद गरेका थिए ।

त्यसैमार्फत हाल तान्जानिया, कंगो, मोजाम्बिक, लेसोथो, घाना र इजिप्टमा सब्सिडरी कम्पनी सञ्चालन गरी सेवा उपलब्ध हुँदै आएको छ ।

अफ्रिकामा सफारीकमले सन् २००७ बाट पसर्न टु पसर्न (पीटुपी) पैसा कारोबारको सुरुवात गरेको थियो । विस्तारै कस्टमर टु बिजनेश (सीटुबी) हुँदै बिजनेश टु कस्टमर (बीटुसी) का रुपमा सेवा विस्तार गरेकाे छ ।

‘१४ वर्षअघि हामीले हाम्रा ग्राहकलाई फरक सेवा दिने योजनाका साथ यसको सुरुवात गरेको थियौं । आज हामीले नयाँ तथ्याङ्क कायम गर्न सफल भएका छौं । जुन अत्यन्तै खुसीको कुरा हो,’ एम-पेसा अफ्रिकाका प्रबन्ध निर्देशक सितोयो लोपोकोइतले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५