close

गुगल सर्चमा उपलब्ध भयो डार्क मोड, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

भदौ २५, २०७८ ११:२

गुगल सर्चमा उपलब्ध भयो डार्क मोड, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । टेक जायन्ट गुगलले गुगल सर्च पेजमा डार्क मोड उपलब्ध गराको छ । गुगलमा धेरै समय बिताउने प्रयोगकर्तालाई सहज होस भन्दै कम्पनीले यो फिचर उपलब्ध गराएको हो ।

हुन त यो फिचर यस अघि नै केही प्रयोगकर्तालाई उपलब्ध भइसकेको थियो । त्यसबेला परीक्षणका लागि उपलब्ध गराइएको यो फिचर अब भने ठुलो संख्यामा प्रयोगकर्तालाई उपलब्ध भएको छ । यसको अर्थ तपाईंलाई पनि उपलब्ध भइसकेको छ भन्ने चाँहि नहुने सक्छ ।

किन भने कम्पनीले डार्कमोडलाई क्रमिक रुपमा प्रयोगकर्तालाई उपलब्ध गराइरहेको बताएको छ । त्यो हुँदा केही समय पश्चात सम्पूर्ण गुगल प्रयोगकर्तालाई यो फिचर उपलब्ध हुनेछ । जसलाई यो फिचर उपलब्ध भएको छ उनीहरूले सहजै प्रयोग गर्न सक्नेछन् ।

त्यसका लागि सुरुमा गुगल सर्च पेज खोल्नुहोस् । त्यो सँगै पेजको दायाँ साइडको माथि तपाईंले आफ्नो फोटा सहितको आइकन देख्नुहुनेछ । त्यो सँगै रहेको ‘सेटिङ’ आइकनमा क्लिक गर्नुहोस् । सेटिङमा क्लिक गर्ने बित्तिकै त्यसको सबैभन्दा तल ‘डार्क थेम’ रहेको छ । उक्त अप्सनमा क्लिक गरी तपाईंले डार्क मोड अन गर्न सक्नुहुनेछ ।

यदि सेटिङको तल उक्त फिचर नभएको खण्डमा तपाईंले सेटिङको सबैभन्दा माथि रहेको ‘सर्च सेटिङ’ मा क्लिक गर्नुहोस् । अब पेजको बायाँ साइडमा रहेको ‘एपिरियन्स’ अप्सनमा क्लिक गर्नुहोस् । अब त्यहाँ उपलब्ध विभिन्न मोड मध्य ‘डार्क मोड’ लाई अन गरेर सेभ गर्नुहोस् । यती गरेसँगै तपाईंले गुगल सर्चमा डार्क मोड प्रयोग गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५