close

वर्ल्ड रेमिटबाट एनआईसी एसियाको खातामा रकम पठाउँदा खातावाललाई ४ सय बोनस

टेकपाना टेकपाना

असोज ११, २०७८ १८:४१

वर्ल्ड रेमिटबाट एनआईसी एसियाको खातामा रकम पठाउँदा खातावाललाई ४ सय बोनस

काठमाडौं । वर्ल्ड रेमिटमार्फत एनआईसी एसिया बैंकको खातामा रकम पठाउँदा खातावालले चार सय रुपैयाँ बोनस पाउने भएका छन् ।

कात्तिक १० सम्म लागू हुने यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा सिधै बैंकको खातामा जम्मा गर्न सकिनेछ ।

चार सय रुपैयाँ बोनस रकम यस योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुने जनाइएको छ ।

कोभिड-१९ को जोखिम कायम रहेकै बेला एनआईसी बैंकले वर्ल्ड रेमिटको वेबसाइट तथा एपमार्फत विदेशमा रहेका नेपालीले यथास्थानबाटै स्वदेशमा रहेका आफ्ना परिवार तथा आफन्तलाई जुनसुकै बेला रकम पठाउन सकिनेछ ।

यस योजनाले विदेशमा रहेका नेपालीले रकम पठाउन भौतिक रुपमा रेमिट्यान्स कार्यालयसम्म पुग्ने समयको बचत हुनुका साथै डिजिटल कारोबारलाई बढाउन समेत प्रोत्साहन गर्ने बैंकले विश्वास लिएको छ ।

बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउदै लैजाने क्रममा मोबाइल बैंकिङ एप ‘एनआईसी एसिया मोबैंक’ मार्फत आन्तरिक रेमिट्यान्स सुविधासमेत उपलब्ध गराउँदै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१