close

अमेरिकासहित विश्वका २४ देशमा इन्टरनेट कन्टेन्टमाथि नियन्त्रण

टेकपाना टेकपाना

असोज १२, २०७८ १२:३०

अमेरिकासहित विश्वका २४ देशमा इन्टरनेट कन्टेन्टमाथि नियन्त्रण

काठमाडौं । अमेरिकासहित विश्वका २४ देशका नियामक निकायले इन्टरनेटमा आउने कन्टेन्टलाई नियन्त्रण गर्न कानुन तयारी गरेको पाइएको छ ।

अमेरिकास्थित वासिङटन डीसीमा रहेको एडभोकेसी ग्रुप ‘फ्रिडम हाउस’ ले पछिल्लो ११ वर्षको अवधिमा इन्टरनेट स्वतन्त्रता विस्तारै खुम्चिँदै गएको उल्लेख गरेको छ ।

फ्रिडम हाउसले हरेक वर्ष ‘फ्रिडम’ नामक वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । भर्खरैमात्र जारी भएको नयाँ प्रतिवेदनअनुसार कम्तीमा पनि ४८ देशले टेक कम्पनीको कन्टेन्ट, डेटा र प्रतिस्पर्धामा नियन्त्रण गर्ने गरी कानुनी व्यवस्था गरेको बताएका उल्लेख छ ।

त्यस्तै २४ देशले इन्टरनेट कन्टेन्टलाई कस्तो व्यवहार गर्ने भन्ने विषयमा कानुनी व्यवस्था गरेको जनाइएको छ । जसमा गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने, कन्टेन्ट पारदर्शी हुनुपर्ने, राजनीतिक तथा सञ्चार माध्यममा सेन्सरशिपजस्ता विषय रहेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो खालको प्रवृत्तिले भोलिका दिनमा समाजिक, शोषणकारी व्यवसायिक पद्धति तथा अपराध जस्ता ठूलो समस्या निम्त्याउने समेत फ्रिडम हाउसले जनाएको छ । तर, सँगै यो बीचमा केही सकारात्मक विषय पनि समावेश भएको जनाइएको छ ।

जसमा ठूला प्रविधि कम्पनीहरूले अनलाइन ह्यारेसमेन्ट जस्ता घटना कम गर्न भूमिका खेलेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१